ग्लोबल आइएमर्इ बैंकको विशेष साधारणसभाले रिलायबल डेभलपमेन्ट एक्वायर गर्ने प्रस्ताव पारित

बिजमाण्डू
२०७४ असार ११ गते १५:४६ | Jun 25, 2017
ग्लोबल आइएमर्इ बैंकको विशेष साधारणसभाले रिलायबल डेभलपमेन्ट एक्वायर गर्ने प्रस्ताव पारित
काठमाडौं।ग्लोबल आइएमर्इ बैंकको विशेष साधारणसभाले रिलायबल डेभलपमेन्ट बैंक एक्वायर गर्ने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको शुक्रबार बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो।विगत ११ वर्षदेखि बैंकिङ कारोबार गर्दै आएको रिलायबलको चुक्ता पूँजी १ अर्ब १ करोड चार लाख रुपैयाँ छ।

रिलायबलको सय कित्ता शेयरलार्इ ग्लोबल बैंकले ८२.९० कित्ताम शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ।रिलायबल एक्वायरपछि ग्लोबल बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ।बैंकको शाखा १ सय १२ र एटीएम काउन्टर १ सय १४ पुग्नेछ।