प्रतिबन्ध लगाएपनि भारतबाट धमाधम अण्डा भित्रिदैँ, बारामा खुलेआम अण्डा तस्करीले बर्डफ्लुको चिन्

रासस
२०७४ असार ८ गते १५:१८ | Jun 22, 2017

वीरगन्ज। वार्षिक  १५ करोड  रुपैयाँभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ ।

Tata
GBIME
Nepal Life

खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वालगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा ठूलो परिमाणमा सेतो अन्डा तस्करी गरी बाराको ग्रामीण भेगका बजारमा पुर्याउने गरेका छन् ।

जिल्ला पशुसेवा कार्यलय बाराका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्नदन साह सुरक्षाकर्मीको लापरबाहीका कारण भारतीय अन्डा नेपाल भित्रिने गरेको बताउँछन्।  तस्करले क्वारेन्टाइन चेक पोस्टमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई मासिक रुपमा घुस खुवाउने गरेका नेपाली व्यापारीको आरोप छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपाने सीमा नाकामा व्यापक कडाइ गर्दै आएको बताउँछन् । सरकारले भारतीय अन्डा आयातमा प्रतिबन्ध लगाएको छ ।