यो समूहले उपत्यका वाहिर पोखरा, जनकपुर वा बुटवलमा म्यारियटको अर्को चेन होटेल खोल्ने भएको हो।उपत्यका वाहिर होटल खोल्नका लागि नेदरल्यान्डको डच डेभलपमेन्ट बैंकले लगानी गर्ने टुंगो समेत भइसकेको छ।यो बैंकले उपत्यका वाहिर खोल्ने होटलका लागि लगानी गर्न तयार भएको समूहका प्रवन्ध निर्देशक शशिकान्त अग्रवालले बताए।
उनले बैंकले उपत्यका वाहिर होटल खोल्नका लागि यो समूहलार्इ (२७ लाख ५० हजार डलर)२७ करोड ५० लाख रुपैयाँ लगानी गर्न सहमत भइसकेको बताए।'हामीले होटेलको प्रि फिजिविलिटी स्टडीका लागि ठाउँ हेर्दैछौं अग्रवालले विजमाण्डूसँग भने जग्गा र पर्यटको चापका आधारमा हामीले नयाँ चेन होटेलको निर्माणको स्थान छनौंट गर्नेछौ।'
विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको होटेल तथा पर्यटन क्षेत्रमा २७ लाख ५० हजार डलर)२७ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ।
उनले आइएफसीले दुईबर्ष अघि नेपालमा गएको महाभूकम्पलाई मध्यनजर गर्दै थप लगानीका क्षेत्रमा हात हालेको बताउँदै नेपालको विकासका लागि र जोखिमपूर्ण अवस्थामा रहेका सम्पदाहरुमा थप लगानी गर्न आइएफसी तयार रहेको बतार्इन्।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेपालमा पर्यटन उद्योग खोल्नका लागि कुनै समस्या नरहेको बताउँदै राष्ट्र बैंकबाट डलर सटही तथा अन्य सेवा चुस्त बनाइने प्रतिवद्धता व्यक्त गरे।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रमा लगानी विस्तार भइरहेको बताउँदै पाँचबर्षभित्र नेपालले २० लाख पर्यटक राख्न सक्षम हुने बताए।