प्रभु टेक्नोलोजीले मोबाइल पेमेन्ट सेवा सुरु गर्दै, ‘क्याशलेस ट्रान्सजेक्सन’लार्इ सघाउने

बिजमाण्डू
२०७४ असार ६ गते १०:५६ | Jun 20, 2017
प्रभु टेक्नोलोजीले मोबाइल पेमेन्ट सेवा सुरु गर्दै, ‘क्याशलेस ट्रान्सजेक्सन’लार्इ सघाउने
काठमाडौं।प्रभु टेक्नोलोजीले मोवाइल पेमेन्ट सेवा सुरु गर्ने भएको छ ।यो प्रभु समूहको कम्पनी हो।नेपाल राष्ट्र बैंकबाट पहिलोपटक मोवाइल पेमेन्ट सिस्टम संचालनका लागि प्रभुले अनुमति लिइसकेको छ।

Tata
GBIME
Nepal Life


कम्पनीले सुरु गर्ने मोबाइल सेवाले क्यास लेस ट्रान्जेक्शनलार्इ सहजिकरण गर्नेछ।यो सेवामार्फत युटिलिटी पेमेन्टमा सघाउ पुग्नेछ।मोवाइल पेमेन्ट सिस्टम अन्तर्गत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा पछिल्लो, विकसीत र सरल प्रविधि हो ।

यो प्रविधि अनुसार मोवाइलमै रकम जम्मा गर्न मिल्छ । मोवाइलमा जम्मा भएको रकम फेरि बैंककै खातामा पनि पठाउन सकिन्छ  भने बैंक खातामा भएको रकम आफूलाई आबश्यकता परेअनुसार बैंकबाट मोवाइल वालेटमा राख्न सकिन्छ । यही वालेटबाट रेमिटेन्स, स्कूलको शुल्क, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी लगायतका विल तिर्न सकिन्छ।