गुल्मीमा किसानले उत्पादन गरेको कृषि उपज किन्ने र किसानलार्इ आवश्यक पर्ने सामान बिक्री गरेर सुरु भएको पसलले उद्योगनै स्थापना गरेर उत्पादन सुरु गरेको थियो।त्यही उत्पादन चितवनमा बिक्री सुरु भएको हो।
भरतपुर महानगरपालिकाको लिलाचोकमा रहेको नेपाल मार्केटिङ एण्ड ट्रेडिङ हाउसले पैचोका उत्पादन बिक्री गर्न थालेको हो।घरेलु उद्योगबाट सुरु भएको यो पसलसँग अहिले अत्याधुनिक प्रशोधन कारखाना मार्फत २७ प्रकारका खाद्य बस्तु उत्पादन गरिरहेको संचालक केशवराज न्यौपानेले जानकारी दिए । पैचो पसलले आठ प्रकारका अचार , टोमेटो केचअप ,भेनेगर ,सोया सस,जाम ,फापरको पिठो ,कोदोको पिठो ,परम्परागत सिन्की ,मस्यौरा ,मकैको आटा उत्पादन गर्छ।
पसलले गुल्मी ,पाल्पा ,जुम्ला ,रुकुम,कालिकोट ,रोल्पा र अर्घाखाँची लगायतका जिल्लामा ५० भन्दा बढी संकलन केन्द्रमार्फत किसानहरूको कृषि उत्पादनहरु संकलन गरिरहेको छ । नेपालकै उत्पादनको खपत गरि गाउँका किसानको आयस्तर बढाउन र सहरका जनतालाई गाउँले उत्पादनको स्वाद मेटाउने उदेश्य राखेको प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले बताए । चितवन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले नेपालीले नेपाली वस्तु प्रयोग गर्नुपर्नेमा जोड दिए ।