राजधानीमा इन्टरनेट सम्वन्धि ‘एनपिएनओजी-२’ कार्यशाला, फेसबुक लगायतका संस्थाको सहभागिता

बिजमाण्डू
२०७४ असार ५ गते १३:४९ | Jun 19, 2017
काठमाडौं । इन्टरनेट एक्सचेन्ज नेपाल र नेपाल नेटवर्क अपरेटर्स ग्रुपले राजधानीमा इन्टरनेट प्रोटोकलसँग सम्वन्धि चार दिने कार्यशाला सम्पन्न गरेका छन्। 'एनपिएनओजी २' नाम दिइएको कार्यशालामा नेटवर्क र इन्टरनेट एक्सचेञ्जका बिभिन्न आयामबारे छलफल भएको थियो।

Tata
GBIME
Nepal Life


 

कार्यशालालाई आइपिभि४/आइपिभि६, नेटवर्क मनिटरिङ एण्ड डिजाइन र अप्टिकल फाइवर नेटवर्क डिजाइन गरि तिन भागमा बाँडिएको थियो। वर्कसपमा ११५ जना टेक्निकल विद्यार्थी र प्रोफेसनलहरु सहभागि थिए। 
 
कार्यशालाबाट नेपालको इन्टरनेट नेटवर्कको डिजाईन र मनिटरिङलाई सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ। कार्यशालामा सहभागि हुन विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था थियो।
 
इन्टरनेटको इन्फ्रास्टक्चर, आइएस्पी, बैङ्क, सरकार र आइसिटी प्रोफेसनलहरुको भोगेका चुनौति, सम्भावना र सफलताका कथाहरु कार्यशालामा सुनाइयो।

कार्यशालामा फेसबुकका म्याट जोनसेनले आफ्नो कम्पनीले कसरी चाँडै  प्रगति हासिल गर्यो र कसरी नेटवर्क म्यानेज गर्ने भन्ने विषयमा प्रस्तुति दिएका थिए। यस्तै नोकिया, सिस्को, जुनिपर, टाटा टेलिकम्युनिकेसन र एसिया प्यासिफिक टेलिकम्युनिकेसन युनियन लगायतका संस्थाको पनि सहभागिता थियो।