डिम्याट खातामा रहेको शेयर लगानीकर्ताले घरैबाट अनलाइन हेर्न मिल्ने, सिडिएससीले थप्यो सुविधा

बिजमाण्डू
२०७४ असार ५ गते १०:२८ | Jun 19, 2017
काठमाडौं । डिम्याट प्रणाली लागु भएसँगै लगानीकर्ताले शेयर प्रमाणपत्र संकलन र संरक्षणको जन्झटबाट मुक्ति पाएका छन्। लगानीकर्तालाई आफ्नो डिम्याट खातामा कति शेयर छ र त्यसको भ्यालु कति पुग्यो भन्ने जानकारी दिन केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी)ले वेबसाइटमा नयाँ सुविधा थप गरेको छ। 
 
सिडिएससीको वेबसाइट मेरोशेयर डट सिडिएससी डट कम डट एनपीमा लगानीकर्ताले आफ्नो शेयरको विवरण हेर्न मिल्ने गरि सुविधा थप गरेको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए। वेव पेजमा पोर्ट फोलिया ट्र्याकर सुविधा थप गरि लगानीकर्तालाई घरैबाट आफ्नो शेयर बजार मूल्य जाँच्ने अवसर दिएको उनले बताए।
 
वेबसाइट मार्फत आफ्नो खातामा रहेको साथै आफुले खरिद र बिक्री गरेको शेयरको राफसाफ पनि हेर्न सकिनेछ। 
 
यो सुविधा लिन लगानीकर्ताले आफुले डीम्याट खाता खोलेको निक्षेप सदस्यको कहाँ गएर एउटा फर्म भर्नु पर्ने हुन्छ। फर्मको ५० रुपैयाँसम्म शुल्क लिन सक्ने व्यवस्था सिडिएससीले गरेको छ। त्यो फर्म भरेपछि निक्षेप सदस्यले ‘युजर नेम र पासवर्ड’ उपलब्ध गराउछन्। सिडिएससीको वेबसाइटमा उक्त युजर नेप र पासवर्ड लगइन गरेपछि आफ्नो खातामा रहेको सबै विवरण हेर्न सकिने उनले जानकारी दिए।
 
भबिस्यमा घरै बसी बसी यो वेबसाइटमा प्राथमिक शेयरमा समेत आवेदन दिन मिल्ने बनाउने उनको भनाइ छ।
 

Tata
GBIME
Nepal Life