कोकाकोलाले ल्यायो रिफ्रेसमेन्ट योजना, हरेक घण्टा सामसङको स्मार्टफोन पाउने

बिजमाण्डू
२०७४ असार ३ गते १७:०९ | Jun 17, 2017
कोकाकोलाले ल्यायो रिफ्रेसमेन्ट योजना, हरेक घण्टा सामसङको स्मार्टफोन पाउने


काठमाडौं।कोकाकोला नेपालले गर्मीमा धेरैभन्दा धेरै ग्राहकलार्इ रिफ्रेसमेन्ट दिन नयाँ योजना ल्याएको छ।

यो योजना अनुसार हरेक घण्टा सामसङ ग्यालेक्सी जे -२ प्रो लगायतका थुप्रै उपहार जित्नसक्ने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो योजना पाँच सय,डेढ लिटर र सवा दुर्इ लिटरको स्प्रार्इट,कोकाकोला र फ्यान्टाको खरीदमा लागु हुने कम्पनीले जनाएको छ।

स्प्रार्इटको हरियो सौन्दर्यले ग्राहकलार्इ गर्मीमा चिसोको अनुभवसँगै आकर्षक उपहार पाउने कम्पनीले जनायो।

उपहार पाउनका लागि ग्राहकले लेवल पछाडी रहेको युनिक कोड टाइप गरि ३७७२२मा एसएमएस पठाउनुपर्नेछ।

कम्पनीका अनुसार प्रत्येक विहान ११ बजेदेखि बेलुका सात बजेसम्म लक्की ड्र गरेर हरेक घण्टा एक विजेता छानिनेछ।ग्राहकले पुरस्कार लिनका लागि युनिक कोड भएको लेवल राख्नुपर्नेछ।