आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य घटायो, निगमको नाफा ३८ करोड रुपैयाँ पुग्यो

बिजमाण्डू
२०७४ असार २ गते १९:१० | Jun 16, 2017
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

Tata
GBIME
Nepal Life

निगमले शुक्रबार रातीदेखि लागु हुने गरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य प्रतिलिटर डेढ रुपैयाँ घटाएको हो।हवार्इ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।अब पेट्रोल एक सय रुपैयाँ र डिजल तथा मट्टितेल ७६ रुपैयाँमा उपभोक्ताले पाउनेछन्।
 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि स्वचालित मूल्य संयन्त्र अनुसार मूल्य घटाइएको हो,आयल निगमका प्रवक्ता सीताराम पोखरेलले बिजमाण्डूसँग भने।मूल्य समायोजनपछि पेट्रोलमा ५ रुपैयाँ ६९ पैसा,डिजलमा १ रुपैयाँ ४७ पैसा र मट्टितेलमा १७ रुपैयाँ ४७ पैसा निगमलार्इ नाफा छ।मूल्य समायोजनपछि निगमको नाफा ३८ करोड रुपैयाँ पुग्ने पक्षेपण गरिएको उनले बताए।