‘ब्रोकर नम्बर २५’ जसले कामलार्इ चुनौती दिँदै भनेकी थिइन्- ‘शेयर बजारमा सबैभन्दा अगाडि मै हुनेछु

बिजमाण्डू
२०७४ असार २ गते १७:३५ | Jun 16, 2017
‘ब्रोकर नम्बर २५’ जसले कामलार्इ चुनौती दिँदै भनेकी थिइन्- ‘शेयर बजारमा सबैभन्दा अगाडि मै हुनेछु
शेयर बजारमा खरिद बिक्री गर्दा कम्पनीहरुको छनौट निकै महत्वपूर्ण हुने सूचिता बताउँछिन्।  २०५१ सालमा उनले लिएको गोरखाली टायरको १२० कित्ता र हिमालयन बैंकको  ५० कित्ता शेयरलार्इ नै उनले उदाहरणको रुपमा लिन्छिन्। हिमालयन बैंकको ५० कित्ता शेयर बढेर १८०० कित्ता भयो गोरखकाली टायरको शेयर खोस्टो भयो। उनी भन्छिन् –‘सही कम्पनीमा लगानी पर्यो भने असिमित फाइदा छ नभए लगानी जिरो हुन्छ।’

काठमाडौँ। शेयर बजारको कारोबार हुने समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हो। यी चार घण्टा सबै ब्रोकर अफिसमा शेयर किनबेचको लागि राम्रै भिड जम्मा हुने गर्छ बाँकी समय सुनसान।  
 
तर काठमाडौंमा पुतलीसडकको ब्रोकर नम्बर २५ स्वेता सेक्युरिटीजमा बेलुकी ३ बजेपछि भिडभाड हुने गर्छ। यो भिड कुनै शेयर किनबेच गर्नेको भिड होइन, शेयर बजारबारे जान्न चाहनेहरुको भिड हो र यो भिडलार्इ प्रशिक्षण दिने वातावरण तयार पारेकी हुन् स्वेता सेक्युरिटिजकी अध्यक्ष सुचिता खनालले। 
 
बजार घटिरहेकोले खासै कारोबार नभएको अवसरलार्इ छोपेर उनले तालिम सुरु गरेकी हुन्।  लामो समय शेयर बजारमा बिताएकी सुचिताले यसैबाट धेरै प्रगति गरेकाले अरुलार्इ पनि सिकाउन चाहेको बताइन्। तालिम  लिनका लागि पैसा तिर्नु नपर्ने भएकाले शेयरबजारबारे जान्न चाहने जो सुकैले तालिममा भाग लिन सक्ने उनको भनाइ छ। 

साताको एक दिन उनले यसरी निशुल्क तालिम कक्षा संचालन गरिरहेकी छिन्। बिहीबार बेलुकी तीनदेखि चार बजेसम्म हुने यो तालिम कक्षा महिला लक्षित हो। तर पुरुषहरुको पनि उत्तिकै भिड लाग्ने गरेको उनले बताइन्। 
 
‘खाली समयमा महिलाहरुले शेयर कारोबारबारे जानकारी लिएर काम गर्न सके आत्मनिर्भर हुन्थे’-सुचिता भन्छिन्। घरमा बसेर यसै समय बिताउनुभन्दा तालिम लिएमा शेयर बजारमा लगानी गर्न योग्य हुन्छन् भन्ने सोचले आफूले तालिम दिन थालेको सुचिताले प्रष्ट्याइन्।
 
‘प्रशिक्षकले मासिक ४० हजार रुपैयाँ लिन्छन्। तर म सित्तैमा तालिम चलार्इरहेकी छु।’-आत्मविश्वास भरिएको आवाजमा सुचिता भन्छिन् -‘हामीले धेरै दूख गरेर सिक्यौ, जान्यौ। अरुले पनि सिक्ने अवसर पाउन् भन्ने मेरो चाहाना हो।’
 
सुचिता शेयर बजारमा छिरेको २४ वर्ष भयो। २०५० सालमा नेपाल स्टक एक्सचेन्जले शेयर दलालको माग गरेको बेला आवेदन दिएर उनी बजार छिरेकी हुन्।
 
तीनदिन लामो अन्तर्वार्ता पार गरेर उनले शेयर दलालको प्रमाणपत्र पाएकी थिइन्।
 
त्यतिबेला महिला भएर शेयर दलालको काम गर्न सक्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा उनले भनेकी थिइन् रे –‘सबैभन्दा अगाडी मै हुनेछु।’
 
त्यतिबेला शेयर प्रमाणपत्र पाउने २५ जनामध्ये उनी एकजना मात्र महिला थिइन् अनि उनको नम्बर थियो, ‘ब्रोकर नम्बर २५’। 
 
प्रमाणपत्र पाएपछि नेप्सेले ७ दिनको तालिम दियो अनि त्यसै अनुसार उनले शेयर कारोबारमा पाइला चालिन्। पहिलो दिन सूचिताले १०० कित्ता गोरखकाली टायरको शेयर १२० रुपैयाँको दरले बेचेर १८० रुपैयाँ  कमाएकी थिइन्। अहिले उनी दिनको २ करोडमाथिको कारोबार गर्छिन्। 
 
झोलामा अफिस बोकेर हिड्ने समयमा सानो टेबुलकुर्सीमा अफिस राखेर काम थालेकी सुचिता आज लाखौमा काम गर्छिन्। कराएर किन्ने बेच्ने जमानादेखि आजसम्म आइपुग्दा बजारमा धेरै कुराहरु परिवर्तन देखेकी छिन् उनले। 

‘खाली समयमा महिलाहरुले शेयर कारोबारबारे जानकारी लिएर काम गर्न सके आत्मनिर्भर हुन्थे’-सुचिता भन्छिन्। घरमा बसेर यसै समय बिताउनुभन्दा तालिम लिएमा शेयर बजारमा लगानी गर्न योग्य हुन्छन् भन्ने सोचले आफूले तालिम दिन थालेको सुचिताले प्रष्ट्याइन्।
बजारमा ब्रोकरहरु आउनुअघि नेपाल धितोपत्र विनिमय बजारले शेयर खरिद बिक्री गर्थ्यो। त्यसबेला एनआईडीसीमार्फत कारोबार हुन्थ्यो। एनआईडीसीले "एनसीएम सामुहिक योजना"  भन्ने सामुहिक लगानी कोष पनि चलाएको थियो। 
 
कसैले शेयर किन्नुपर्यो भने एनआईडीसी गएर  आफुलाई किन्न मन लागेको कम्पनीको नाम सहित फारम भरेर छोड्थे। पछि धितोपत्र विनिमय बजारमा एनआईडीसीले शेयर खरिद गरिदिन्थ्यो। ब्रोकर आएपछि बजारबाट त्यो सिस्टम हटेको सूचिता बताँउछिन्।
 
त्यसबेला नेपाल शेयर मार्केट, एनआईडीसी र नेशनल फाइनान्सले मार्केट मेकरको काम गर्थे। त्यतिबेला मार्केट मेकरले आफै शेयर किन्न बेच्न पाउँदैनथे। उनीहरुले ब्रोकरमार्फत काम गर्थे।  समयसँगै सबै प्रणाली बदलियो। 
 
शेयर बजारमा खरिद बिक्री गर्दा कम्पनीहरुको छनौट निकै महत्वपूर्ण हुने सूचिता बताउँछिन्।  २०५१ सालमा उनले लिएको गोरखाली टायरको १२० कित्ता र हिमालयन बैंकको  ५० कित्ता शेयरलार्इ नै उनले उदाहरणको रुपमा लिन्छिन्। हिमालयन बैंकको ५० कित्ता शेयर बढेर १८०० कित्ता भयो गोरखकाली टायरको शेयर खोस्टो भयो। उनी भन्छिन् –‘सही कम्पनीमा लगानी पर्यो भने असिमित फाइदा छ नभए लगानी जिरो हुन्छ।’
 
शेयर बजारमा लगानी गर्दा ध्यान पुर्याउनुपर्ने पक्षहरुकै बारेमा बुझाउनकै लागि उनले तालिम कक्षा चलाइरहेको बताउँछिन्। 
 
२४ वर्ष  शेयर बजारमा बिताएकी सूचिताले गत पुष महिलादेखि तालिम कक्षा चलाउँदै आएकी छिन्। उनी चाहन्छिन् -‘महिलाहरु आत्मनिर्भर बनुन् अनि उनीहरुको पनि छुट्टै परिचय बनोस्।’  

Tata
GBIME
Nepal Life