सौर्य एयरलाइन्सका जहाजमा टाटा गाडीको विज्ञापन, पहिलो विज्ञापन टाटा टियागोको

बिजमाण्डू
२०७४ जेठ ३० गते १०:२३ | Jun 13, 2017
सौर्य एयरलाइन्सका जहाजमा टाटा गाडीको विज्ञापन, पहिलो विज्ञापन टाटा टियागोको


काठमाडौं।सिप्रदी ट्रेडिङ र सौर्य एयरलाइन्सबीच ब्राण्डिङका लागि सम्झौंता भएको छ।

Tata
GBIME
Nepal Life

अब सौर्य एयरका जहाजमा टाटाका गाडीको प्रचार सामाग्री राखिनेछ।एक वर्षका लागि भएको यो सम्झौंता अनुसार अहिले सौर्यका जहाजको भित्र र वाहिर टाटा टियागोको प्रचार सामाग्री राखिएको छ।

जहाजको वाहिर भागमा कुनैपनि कम्पनीको ब्राण्डिङ गरिएको नेपालमा पहिलो पटक हो।जहाजको टिकट र सीटमा भने विभिन्न कम्पनीको प्रवर्द्धनात्मक सामाग्री धेरै पहिलेदेखिनै राख्ने गरिएको छ।