मेरो व्यवसाय अब पूँजी, दाजुभाइ छुट्टिँदा वित्तीय क्षेत्र पाएँ, राजेन्द्र खेतानको अन्तर्वार्ता

बिजमाण्डू
२०७४ जेठ २८ गते १०:३८ | Jun 11, 2017
मेरो व्यवसाय अब पूँजी, दाजुभाइ छुट्टिँदा वित्तीय क्षेत्र पाएँ, राजेन्द्र खेतानको अन्तर्वार्ता

Tata
GBIME
Nepal Life
किनभने म मारवाडी थरको व्यक्ति भएँ। पहिला स्कुल पढ्दा पनि साथीहरुले जिस्काएर 'माडे' भन्थे। व्यवसायमा पनि अलिकति अगाडि जान खोज्ने वित्तिकै ए मारवाडी अगाडी गयो भन्ने प्रवृत्ति कतिपय व्यक्तिमा छ। त्यस्तो अवस्था झेल्दै आएको कारण कुनै घटनाबाट बिचलित भएर हट्ने भन्ने हुँदैन। तर, नियामकले नै संस्थागत सुशासनलाई मार्न खोज्छ भने संस्थाहरु चल्न गार्हो हुन्छ भन्ने यथार्थ चाहिँ उक्त घटनाले प्रष्ट गरेको छ।

युवा उमेरमै ठूलो सार्वजनिक पहिचान बनाएका व्यवसायी राजेन्द्र खेतान पछिल्लो समय 'लो प्रोफाइल'मा छन्।कुनै समय व्यावसायिक,राजनीतिक र सामाजिक अभियानमा हरेक दिन देखिने खेतान अहिले सार्वजनिक फोरममा विरलै देखिन्छन्। युवा अवस्थामै व्यवसाय हाँकेका खेतानले पहिलो संविधानसभामा सक्रिय सभासद्को भूमिका पनि निभाए।तर अहिले भने व्यवसायमा समेत सकृयता क्रमशः घटाउँदै लगेका खेतानलाई बिजमाण्डू सम्पादक बिज्ञान अधिकारीसँगै सुदर्शन सापकोटाप्रभात भट्टराईले सोधे-
 
एक समय यस्तो थियो निजी क्षेत्रका व्यावसायिक संस्थादेखि सञ्चार माध्यमसम्म सबैतिर राजेन्द्र खेतानको बाक्लो उपस्थिती हुन्थ्यो, कम्तिमा तेस्रो दिन सार्वजनिक रुपमा कतै न कतै तपाईँ छाउनु हुन्थ्यो। तर, पछिल्ला केही बर्षदेखि कता कता हराउनु भएको जस्तो देखिन्छ। हिजोको कर्पोरेट ग्लामर बाट राजेन्द्र खेतान ओझेलमा परेकै हो?
पहिलो संविधानसभाको सदस्यको हैसियतले संविधान दिन सकिएन। हामीहरु भनेका चाहिँ कस्तो भने नतिजामा खोज्ने मान्छे। अहिलेसम्म प्राय हरेक कुरामा सफलता नै हात पर्यो। अब त काम गरेको पनि ३० बर्ष हाराहारी पुग्न लाग्यो। १४/१५ बर्षकै उमेरमा व्यापारमा सकृय भएको हुँ। १७/१८ बर्षको हुँदा त जिम्मेवारी नै लिन थालिसकेको थिएँ। ४० बर्ष नपुग्दै सभासद पनि भइयो। तर, संविधानसभामा भने उदेश्य हासिल नगरी विघठन भयो। मैले त्यही एकै दिनमा सार्वजनिक जीवन छोडेको हुँ।
 
संविधान सभा विघठन भयो म भने  ‘ट्राभलिङ’ तिर लागेँ। त्यसको कारण एउटा त अब भो, पुग्यो भन्ने हो की जस्तो पनि लाग्छ। किनभने अचेल त्यस्तो इच्छा नै लाग्न छोडेको छ। कसैले बिजनेस स्कूलहरुमा आएर बोलिदिन अनुरोध गर्दा पनि सकेसम्म जाने इच्छा लाग्दैन। त्यसैले अब पब्लिक लाइफबाट अघाएकै भन्नु पर्ला। फेरि त्यसमा नयाँ कुरा पनि छैन। जति भन्दा र गर्दा पनि त्यसले परिवर्तन ल्याउन सकेन।
 
त्यो एउटा नतिजा दिन सकिएन भन्ने फ्रष्टेसन ले तपाईँको जीवनमै यति ठूलो प्रभाव पारेको?
‘फ्रष्टेसन’ त निश्चय पनि होइन। तर, के भने त्यत्रो चार बर्ष काम गर्दा पनि केही भएन भन्ने चाहिँ हो। म संविधानसभामा तेस्रो धेरै पटक उपस्थित हुने सभासद थिएँ। मेरो र निलाम्बर आचार्यजीको बराबर उपस्थिती थियो। हामीभन्दा अगाडी दुई जना मात्र हुनुहुन्थ्यो। यस्तै ११ वटा बिषयगत समितिमध्ये १० वटामा, एउटा न्यायिक समितिमा थिए। न्यायिकमा ज्ञान भएन त्यसमा बोलिन। बाँकी मैले बोलेँ। छलफलमा भाग लिँए। म आफुचाहिँ प्राकृतिक स्रोत,  अर्थ समितिमा थिएँ। मैले हाम्रो समितिमा त कार्यपत्र नै प्रस्तुत गरेँ। त्यस्तै हाम्रो समिति अन्तर्गत रहेका तीन वटै उपसमितिमा पनि मैले आफ्नो धारणा राखेँ। काम गर्न भनेर हामी धुलिखेलसम्म पनि पुग्यौँ। तर, नतिजा नआउँदा त्यो सबै मेहनत खेर गयो। त्यसले केही चित्त दुखाएको भने अवश्य हो।
 
तर, त्यो असफलताको दोषी तपाईँ एक्लै त होइन नि ?
 जिम्मेवारी त लिनै पर्यो नि। जति दु:ख गरे नि नहुने रैछ भन्ने चाहिँ लागेकै हो।
 
तपाईँको कुरा सुन्दा त रिटायरमेन्ट कै फेज मा प्रवेश गर्नु भयो जस्तो लाग्यो। बिजनेशमा पनि अब रिटायरमेन्ट तिरै लाग्नु भएको हो र?
रिटायरमेन्ट होइन। यो फ्रन्ट सिटबाट ब्याक सिटमा आएको हो। कार्यकारीबाट नीति निर्धारणमा ‘सिफ्ट’ भएको हो। दैनिक सकृय जीवनबाट ‘एड्भोकेसी र एड्भाइजरी’ रोलमा प्रवेश गरेको हो। त्यसैले यसलाई नै रिटायरमेन्ट भन्न मिल्दैन। आफ्नो स्टेक रहेका संस्थामा भोलि आवश्यकता खड्कियो भने जानु पनि पर्ला। तर, त्यो भन्दैमा अरुको काममा हस्तक्षेप गर्दै हात हाल्ने मनस्थिती निश्चयनै होइन। जस्तो भारतमा रतन टाटाकै उदाहरण हेर्नुस् न। उसले नातासमेत पर्ने एक विश्वासपात्रलाई आफ्नो उत्तराधिकारी चयन गरे। तर, उनले जिम्मेवारी दिएका अधिकारीले काम गर्न सकेनन्। त्यसपछि कम्पनीको बागडोर सम्हाल्न छोटो समयकालागि उनी आफैं गए। त्यसैले सधैंभरि आफ्ना संस्थामा नजर त हुनै पर्छ। तर, काम गर्न भने छुट्टै व्यावसायिक टिम तयार गर्नु पर्छ।
 
मेरो एउटा धारणा कस्तो छ भने कुनै पनि संस्था ‘अटोमेटिक वे’ मा चल्नुपर्छ भन्ने हो। जस्तो अहिले पनि व्यवस्थापनको जिम्मेवारी पाएका व्यक्तिहरुले दैनिक रुपमा बिभिन्न कुरा सोधिरहेका हुन्छन्। त्यसलाई साप्ताहिक हुँदै पाक्षिकसम्म लैजाने मेरो योजना छ। र, यो संभव पनि छ। त्यसपछि खर्च न्यूनीकरण र पूँजीको उत्पादकत्व अभिबृद्धि पनि मैले ध्यान दिएको छु। मेरो रुची भनेकै पूँजीमा मात्र छ अहिले। त्यसैले मेरो बिजनेस भनेकै ‘क्यापिटल’  हुन पुगेको छ।
 

मैले एउटा सपना देखेको के हो भने- तपाईँसँग एउटा कार्ड छ। त्यो कार्ड लिएर लक्ष्मी कम्प्लेक्स छिरेर स्वाप गरेपछि तपाईंको लाइफ इन्स्योरेन्सको अवस्था के छ, निर्जीवनमा के के पोलिसी किन्नु भएको छ, बैंकिङ कारोबार के कस्तो छ, सञ्चय कोष या सामाजिक सुरक्षाको अवस्था कस्तो छ, लक्ष्मी क्यापिटलमा शेयर कारोबार कस्तो छ भन्ने लगायत सबै जानकारी प्राप्त होस्। मेरो गन्तव्य त्यही हो। 

तपाईँको मतलव पहिला सिष्टम बनेको थिएन, अहिले त्यो निर्माण भएको हो?
सिष्टम त बनेको थियो। साथसाथै हाम्रो भूमिका पनि थियो। चेयरमेन, डाइरेक्टर या अरु कुनै नाम र दर्जामा हामी प्रत्यक्ष रुपले सकृय थियौँ। तर, अहिले चाहिँ नेतृत्व नै अरु कसैलाई जिम्मा दिइएको हो। हामीले आफूलाई चाहिँ पोलिसी र सिष्टम इन्ट्रभेन्सन एवं रणनीतिक सहभागितामा सिमित गर्न चाहेका हौँ।
 
 
हिजो तपाईँहरुको जुन नाम र पहिचान थियो, यहाँको उपस्थिती कम भएसँगै त्यो ठाउँमा त अरु पुग्न थाले नि?
उपस्थिती भनेको व्यालेन्स सिटले देखाउने हो। भौतिक रुपमा उभिएको कारणले हासिल हुने होइन। त्यसैले ब्यालेन्स सिटको ‘डेटा’ मा हाम्रो उपस्थिती खोज्ने हो।
 
तर, हिजो जसरी कर्पोरेट दुनियाँमा खेतान समूह भनेर बोल्ड गरिएको ठूलो अक्षरमा टाढैबाट पनि देखिन्थ्यो, आज ती अक्षरभन्दा वोल्डमा अरु नामहरु देखिन थालेका छन् नी?
त्यो तपाईँको गलत बुझाइ हो। हामीले कहिल्यै पनि खेतान समूह भनेर संस्थागत रुपले दाबी गरेनौँ। मेरो ३० बर्षको करियरमा तपाईँले कतै पनि खेतान ग्रुप भनेर जारी गरिएको प्रेस रिलिज पाउनु हुन्न। हाम्रो रुची भनेको ‘इन्डिभिजुअल’ कम्पनी हो। र, हामी त्यसमा पारदर्शी छौँ भनेर दावी पनि गर्छौँ। हामी अरुभन्दा फरक रहेको भनेकै त्यसमा हो। हरेक कम्पनीको आफ्नो स्वतन्त्र व्यवस्थापन हुन्छ, उसको छुट्टै खर्च र आम्दानीको हिसाव हुन्छ। चाहे त्यो कम्पनीमा मेरो एक प्रतिशत मात्र हिस्सा किन नहोस् , कम्पनी आफैंमा भाइब्रेन्ट हुन्छ। अब त्यो कम्पनी कसको त? मूलभुत रुपमा लगानीकर्ता को त? त्यसबेला मोहनगोपाल खेतान भन्ने की , राजेन्द्र खेतान भन्ने की या तिनका सन्तती भन्ने? त्यसैले एउटा साझा पहिचान होस् भनेर खेतान ग्रुप भनेका हौँ। त्यसैले हामीले लगानी गरेका कम्पनीमा हाम्रो प्रतिनिधित्वको साझा झल्को दिने मात्र हो। तपाईँले मेरो भिजिटिङ कार्डमा खेतान ग्रुप खोज्नु भयो भने पाउनु हुँदैन।
 

मैले एक बर्षको हिसाव गरेको छैन। तीन बर्षको हिसाब गर्दा साढे दुई सय करोड रुपैयाँ  ब्यक्तिगत आम्दानी देखिन्छ। पहिलो बर्ष केही कम थियो। अर्को बर्ष केही बढ्यो पनि होला। तीन बर्षमा कुल त्यति देखिन्थ्यो।   

तर, तपाईँहरुको त्यही साझा पहिचानको नामलाई पनि अहिले अरुले ओभर ल्याप गर्न थाले नि?
बजारमा के ‘मुभमेन्ट’ आउँछ या कसले के भाइब्रेसन ल्याउन सक्छ भनेर स्वतन्त्र छाडिदिनु पर्छ। २० बर्षसम्म म बिभिन्न संघ संस्थामा सकृय भएर काम गरेँ। त्यसपछि छाडिदिएँ। सधैंभरी त्यसैगरी ‘ओभर स्याडो’ गरेर बस्ने हो भने त अरुले कहिले मौका पाउने? जस्तो उद्योग बाणिज्य महासंघमा हेर्नुहोस् या व्यवस्थापन संघमा हेर्नुहोस्। एक तहसम्म पुगियो। त्यहाँबाट माथि जान बाटो सजिलो नहुने अवस्था आयो, छोडेर हिँडियो। अरुले अफ्ठ्यारो पारेपछि ल तिमीहरु चलाउ न त भनेर जिम्मा लगाइयो। कसैलाई ‘ब्लक’ गरेर त बसिएन।
 
मैले स्कुल छोड्दा जो मान्छे महासंघको कार्यसमितिमा थिए अहिले पनि उनीहरु त्यहाँ धाइरहेको देख्छु। जबकी म दुई पटक कार्यसमितिमा सदस्य रहेँ, दुई पटक उपाध्यक्ष भएँ। त्यसपछि आफ्नो ठाउँमा फर्किएर आएँ। किनभने म अरुभन्दा सानो उमेर भएको कारण मलाइ इगोको समस्या भएन। र, मलाई आफ्नो ठाउँ प्यारो छ। एक पटक प्रयास गर्दा भएन त्यही पदमा दोहोर्याइ/तेहेर्याइ जिद्दी गर्दिन।
 
तर, एक समय यस्तो थियो जतिबेला कुनै एउटा समूले चाउचाउ ल्याउँदा तपाईँ पनि त्यसमा जानु हुन्थ्यो। कसैले ब्रुअरी खोल्दा पनि आफु पनि त्यता लाग्नु हुन्थ्यो। त्यो प्रतिश्पर्धा त थियो नि?
थिएन। त्यो कहिल्यै पनि भएन। चाउचाउ एउटा संयोग हुन गयो। तर, अरु सेक्टर त्यस्तो होइन। ब्रुअरीको बजार असाध्यै राम्रो थियो। तर, भइरहेको कम्पनीले माग धान्न सकेको थिएन। ‘अन्डर सप्लाइ’ नै थियो। त्यस्तो बेला हामीले आएर ‘हस्तक्षेप’ गरेका हौँ र बजारको माग पूरा गर्यौँ। हामी आफु प्रतिश्पर्धामा कहिँ पनि गएनौँ।
 
हिमालयन बैंक ल्याउँदाखेरी नेपालीको पहलमा जम्मा दुईवटा बैंक आएका थिए। हामी र एभरेष्ट। नेपालका पहिलो गभर्नर हिमालय शम्सेर राणाले हिमालयन बैंक खोल्ने क्रममा नै हामीलाई समेट्नुभएको हो। हामी, हिमालय शम्सेर, पृथ्वीबहादुर पाँडे र नर्सिङबहादुर श्रेष्ठ गरी चारवटा समूहको बराबर लगानी थियो। म बैंकको संस्थापक सञ्चालक पनि हुँ। सबैभन्दा कनिष्ठ उमेरको मै थिएँ। सञ्चय कोष, पाकिस्तानको हबिब बैंक र सर्वसाधारण एक/एक जना गरी सातजनाको सञ्चालक समिति गठन भएको थियो।
त्यसपछि एभरेष्ट इन्स्योरेन्स ल्याउँदा पनि राणा र शाह बाहेक पहिलो मध्येमा हाम्रो कम्पनी थियो।
 
जीवन बीमामा प्राइम लाइफ आउँदा हामी दोस्रो थियौँ। एभिएसनमा पनि हामी पहिलो थियौँ- एभरेष्ट एयर खोल्ने। त्यसरी यी सबै क्षेत्रमा हात हाल्ने हामी पहिलो हौँ। हामी प्रतिश्पर्धामा कहिल्यै गएनौँ। त्यो फरक छ। जो मान्छे आज बैंक र बीमामा आउँदैछ हामी त २० बर्ष पहिल्यै गइसक्यौँ। यो क्षेत्रमा त हामी एक पुस्ता नै अगाडि छौँ। अनि हामी कसरी अरुसँग प्रतिस्पर्धा गर्न आयौँ?

टेलिकम जोगाउन नसक्नुको कारण चाहिँ त्यसमा रुची राख्ने राजनीतिक शक्ति ठूलो थियो र उ त्यसलाई हातपार्न चाहन्थ्यो। त्यो शक्ति नागरिक शक्तिभन्दा धेरै माथिको थियो।

केही व्यवसायमा तपाईँले गहिरो रुची राख्नु भएको थियो। जस्तो टेलिकम्युनिकेशन?
मेरो रुची त बैंकिङमा नै धेरै थियो। त्यसको कारण के भने मेरो बुवा र हजुरबुवाले पैसा लगानी  (बैंकिङ) गर्नुहुन्थ्यो। हाम्रो पुर्खाको पेशामा एउटा कपडा र अर्को बैंकिङ नै थियो। त्यही बेलादेखि गरिआएको बैंकिङलाई संस्थागत गर्न सरकारले लाइसेन्स खुला गर्ने वित्तिकै छिरिहालेका हौँ। टेलिकममा चाहिँ सरकारले लाइसेन्स खुला गरेको थियो। आवेदन दिइराखौँ न भन्ने भयो। त्यस्तो बेलामा कहिले परिन्छ, कहिले परिन्न। हामी पर्यौँ। परेपछि फेरि त्यस्तै परिस्थिती आयो। हामीले छोड्यौ। यस्तो संयोग त हुन्छन् बिजनेसमा। एभरेष्ट एयर पनि १० बर्षसम्म राम्रोसँग चलेको थियो। तर, पार्टनरले धोका दिएपछि छाड्यौँ। एभरेष्ट एयरमा क –कसको कति कति दायित्व थियो, घरबाट पैसा ल्याएर छाड्यौँ। त्यसैले कुनै व्यवसाय थाल्नु र छोड्नु त सामान्य नै हो।
 
तपाईँले भन्नु भयो हामी प्रतिस्पर्धा गर्न जाँदैनौँ, एक पुस्ता अघि नै सोच्छौँ भन्नु भयो। त्यही अनुरुप तपाईँले टेलिकमको भविष्य देख्नुभयो, लाइसेन्स लिनु भयो तर जोगाउन सक्नु भएन?
ठिकै हो। जोगाउन नसक्नुको कारण चाहिँ त्यसमा रुची राख्ने राजनीतिक शक्ति ठूलो थियो र उ त्यसलाई हातपार्न चाहन्थ्यो। त्यो शक्ति नागरिक शक्तिभन्दा धेरै माथिको थियो।
 
तपाईँले जन्माएको त्यो कम्पनीले अहिले बर्षमा २० अर्ब रुपैयाँ माथिको नाफा गर्छ। छोडेकोमा तपाईँलाई पछुतो लाग्दैन?
लाग्दैन। किनभने त्यसमा केही प्राविधिक समस्या पनि आए। हाम्रो प्राविधिक क्षमता भनेको साझेदारको रुपमा रहेको स्पाइस इन्डिया कम्पनी थियो। त्यो कम्पनी आफू कुनै जोखिम लिन चाहँदैन थियो। जोखिम हामीले लिनुपर्ने, प्राविधिक वौद्धिक र क्षमता चाहिँ उसको हुने। पूँजीमा पनि उसको बढी लगानी हुने तर सबै चुनौती र दायित्व चाहिँ हामीले मात्र ब्यहोर्नुपर्ने। पहिलो कुरा त हामी त्यहीँ फस्यौँ। दोस्रो चाहिँ हाम्रो लाइसेन्स, सामान्य नागरिकभन्दा माथिल्लो तहले खोस्न खोज्यो। जहाँ हाम्रो शक्तिले भ्याउने थिएन। यिनै दुई कारणले छुट्न गयो।
 
एक किसिमले तपाईँहरु राजनीतिक शिकार हुनुभयो ?
यसलाई म शिकार भएको त मान्दिन। व्यापार हो। जसको शक्ति थियो उसैले लग्यो। के ठूलो कुरा भयो र! मसँग भाग्यमा जे छ त्यो त हाइहाल्छ नि।
 

हामी तीन दाजुभाइको ब्यवसाय छुट्टाभिन्न भइसकेको छ। त्यसमा वित्तीय क्षेत्र मेरो हो। वित्तीय क्षेत्रमा पनि  'कन्फ्लिक्ट अफ इन्ट्रेष्ट' हुनसक्ने हिमालयन बैंक र नेपाल बैंक थिए। नेपाल बैंकमा सर्वसाधारण शेयरमा लगानी थियो। तर, त्यो स्टेक पनि ठूलो थियो। त्यसलाई हामीले परिवारमा बाँड्यौँ। यसरी सेक्टरल रुपमै अंशबण्डा हुँदा समूहभित्रै पनि 'कन्फ्लिक्ट अफ इन्ट्रेष्ट' भएन। भाइले जे गर्छन् मैले त्यो गर्नु परेन। छुट्टा छुट्टै लाइन भयो।

तपाईंले होटल र हस्पिटल खोल्न पनि रुची देखाउनु भएको थियो?
 होटलमा त होइन। हस्पिटलमा चाहिँ हामीले चासो देखाएको हो। डाक्टरहरुको एउटा राम्रो समूह थियो। एक जना सिनियर डाक्टरको नेतृत्वको ठूलो टिम नयाँ हस्पिटलको तयारीमा थियो। त्यसमा केही बाहिरबाट पढेर आएका डाक्टर सहित हामी थियौँ। उहाँहरु रिङरोड बाहिर ठूलो लगानीमा बृहत पूर्वाधारसहितको हस्पिटल खोलौँ भन्नुहुन्थ्यो। हामी चाहिँ घनावस्ती र चर्को सवारीका कारण शहरी क्षेत्रमा खोलौँ भन्नेमा थियौँ। रिङरोडभित्र हाम्रो सात रोपनी जग्गा पनि छ। त्यही जग्गामा खोलौँ भन्ने हाम्रो प्रस्ताव थियो। त्यो प्रस्ताव अहिले थाती रहे पनि बन्द भएको छैन। डाक्टरहरुको टिमसँग छलफल चलिरहेको छ। भाइहरुले हेरिरहेका छन् त्यसलाई।
 
हाम्रो मूल विषेशता भनेको दुईवटा क्षेत्रमा मात्र हो। ‘फाष्ट मुभिङ कन्जुमेवल गुड्स (एफएमसिजी)’ र बैंक तथा वित्तीय क्षेत्रमा हाम्रो विशेषज्ञता छ। त्यस बाहेक कोही हाउजिङ त कोही के गरौँ भन्दै प्रस्ताव लिएर नआएका पनि होइनन्। तर, हामीले आफ्नो दखल भएको क्षेत्रबाट बाहिर जान चाहेनौँ। हाम्रो आफ्नै एउटा लाइन छ। त्यसमा हामी सफल भएका छौँ र खुसी पनि छौँ।
 
बुवापछि तपाईँहरु एउटा ग्रुप कन्सेप्ट भन्दा पनि इन्डिभिजुअल कम्पनी गएको कारण पनि पुराना हात हालेका योजना छुट्‍न गएका हुन् की?
त्यो पनि हुनसक्छ तर हाम्रो कस्तो हो भने सन् १९९८ मा बुवा एक पटक नराम्रोसँग बिरामी पर्नुभयो। त्यसपछि औषधीको परहेजमा बस्न थालेपछि बुवाले अफिस जान नै छोडिदिनु भयो। सिङ्गापुरमा उपचार गर्न जाँदा एउटा श्रीलंकन डाक्टर भेटियो। उसले बुवालाई परिवर्तन गरिदिएको थियो। बुवाको सकृयता घटेसँगै हामी तीन दाजुभाइ बिजेनसमा ‘अटोमेटिक इन्भल्व’ भयौँ। त्यसपछि हामीले जुन जुन लाइन समात्यौँ, त्यसमै रत्तिन थाल्यौँ। बुवा बित्नु भएपछि त्यो लाइनले संस्थागत रुपनै लियो। मेरो रुची जुन थियो त्यो मैले पाएँ। मलाइ फाइनान्सियल सिष्टममा रुची थियो। त्यो पाएँ। म धेरै महत्वाकांक्षी मान्छे पनि होइन र मेरा छोरीहरु बिजनेस  टाइकुन बनौँ भन्नेमा छैनन्। ठूलो छोरी त अझ प्राज्ञिक लाइनमा रुची राख्छिन्। कितावहरुमै बढी समय बिताउँछिन्। स्नातकमा कानुन पढ्छु भन्दै थिइन् मैले सम्झाइ बुझाइ गरेपछि अहिले अन्तर्राष्ट्रिय आर्थिक कुटनीतितर्फ लागेकी छिन्। कान्छी छोरी त सानै छिन्। त्यसैले त्यो महत्वाकांक्षा पनि भएन। जब ‘निड र डिजायर’ दुबै नभएपछि जीवन आनन्दको पनि हुँदो रहेछ। दायित्व पनि खासै छैन।
 
जस्तो हामी फलानो ग्रुप भन्छौँ। त्यो ग्रुपले गर्ने के त? चप्पल बनाउने हो की? सुनको औंठी बनाउने हो? प्रष्ट हुनुपर्यो। त्यसैले त्यो ग्रुप भन्ने अवधारणा नेपालमा छैन। तपाईँहरु भन्नुहुन्छ खेतान ग्रुपको वियर भनेर। त्यो होइन। त्यो त गोर्खा ब्रुअरीको बियर हो। त्यसको लगानीकर्ता मध्येमा म एकजना हुँला तर त्यो ग्रुपको होइन। भारतमा चाहिँ कानुनी हिसाबले नै ग्रुप छ। जस्तो टाटाले १०/१२ प्रतिशत शेयर लिएपछि आफ्नो नाममा राख्न पाउँछ। अर्को कन्सेप्ट हुन्छ- होल्डिङ कम्पनीको। त्यसमा चाहिँ कस्तो हुन्छ भने राजेन्द्र खेतान एन्ड कम्पनी नामको कुनै कम्पनी छ। त्यसले अरु ५१ प्रतिशतको दरले छ वटा कम्पनी खोल्छ। हुनत मेरो ५१ प्रतिशत शेयर छ तर पब्लिक कम्पनीलाई कसरी मेरो भन्ने? ३० प्रतिशत सर्वसाधारणको लगानी भएको ठाउँमा मेरो कम्पनी भन्दा मलाई चाहिँ लाज लाग्छ।
 
ग्रुप र होल्डिङ कम्पनी दुबैको कानुनी आधारनै छैन मात्र होइन कर पनि दोहोरो लाग्छ। जस्तै राजेन्द्र खेतान एण्ड कम्पनीले लगानी गरेको कुनै कम्पनीले लाभांश त प्यारेन्ट कम्पनीलाई नै दिने हो। त्यहाँ पनि केही कर तिर्नुपर्छ। फेरि राजेन्द्र खेतान एण्ड कम्पनी मलाई लाभांश दिँदा पनि कर तिर्नु पर्छ। अनि कानुनी सहुलियतबिना दोहोरो करको चेपुवामा किन पर्नु?
 
अहिले नेपालमा तीनवटा कुरामा हामीलाई कसैले च्यालेन्ज गर्न सक्दैन। एउटा सोसियल फण्डमा एक नम्बर। दोस्रो कुरा विजनेस अघि बढाउने मामलामा हाम्रा 'सेक्टर' हरु थिमेटिक रुपमा चल्छन्। तेस्रो चाहिँ फण्डा छैन। हाम्रो फेलियर पनि क्लियर छ। २/४ वटा क्षेत्र फेल भए। २/४ वटा सफल भए। व्यापारमा त्यो सामान्य नै हो। दायित्व न्यून छ। भोलि राज्यले यहाँका व्यापारीहरुलाई तिम्रो सम्पत्तिको स्रोत देखाउ भन्यो भने धेरै फस्नेवाला छन् तर म 'क्लिन' निस्किन्छु। 
 

हामी त लक्ष्मीपुत्र हौँ। हाम्रो कुल देवता अग्रसेन महाराज हुनुहुन्छ, जसलाई लक्ष्मीको पुत्र मानिन्छ। ५४४० बर्ष भयो उहाँ यस धर्तीमा आउनु भएको। उहाँलाई लक्ष्मीको प्रताप भएकै कारण मारवाडीमा गरिब खासै कोही हुँदैनन्। 

यसको मतलव तीनजना दाजुभाइको बिजनेस चाहिँ अब छुट्टाभिन्न नै भइसकेको हो?
हो। छुट्टाभिन्न भइसकेको छ। त्यसमा वित्तीय क्षेत्र मेरो हो। वित्तीय क्षेत्रमा पनि  'कन्फ्लिक्ट अफ इन्ट्रेष्ट' हुनसक्ने हिमालयन बैंक र नेपाल बैंक थिए। नेपाल बैंकमा सर्वसाधारण शेयरमा लगानी थियो। तर, त्यो स्टेक पनि ठूलो थियो। त्यसलाई हामीले परिवारमा बाँड्यौँ। कानुन अनुसार दुई संस्थामा क्रस लगानी गर्दा एक प्रतिशत तल राख्न पाइन्छ। त्यो ज-जसलाई मिल्थ्यो, उसैले राख्यौँ। हिमालयन बैंक सुरुदेखि नै माइलो भाइ (पिपी) ले हेर्थे। अहिले पनि उ आफैंले हेर्छन्। आफु पनि जाँदैनन्। आफ्नो तर्फबाट प्रोफेसनल मान्छे पठाउँछन्। यसरी सेक्टरल रुपमै अंशबण्डा हुँदा समूहभित्रै पनि 'कन्फ्लिक्ट अफ इन्ट्रेष्ट' भएन। भाइले जे गर्छन् मैले त्यो गर्नु परेन। छुट्टा छुट्टै लाइन भयो।
 
भनेपछि गोर्खा ब्रुअरी भाइहरुको भयो?
निश्चय पनि। पब्लिक स्टक चाहिँ ज -जसको नाममा थियो, उसैको भयो। फाइनान्सिलय सेक्टरमा हिमालय बैंकबाहेक अरु मैले लिएँ। म्यानुफ्याक्चरिङ, 'एसेट्स' र इन्टरनेशनल बिजनेस भाइहरुको भयो। हाम्रो डोमेष्टिकदेखि इन्टरनेशनलसम्मको 'बिजनेश नेचर' एकै छ।
 
एउटा 'क्यास काउ' को रुपमा रहेको गोर्खा ब्रुअरीको ठूलो शेयर हिस्सा त तपाईँले  /८ बर्ष पहिले नै बेचिसक्नु भएको थियो?
बार्षिक केही अर्बको नाफालाई मात्र हेरेर 'क्यास काउ' भन्न मिल्दैन। त्यसबेला मैले त्यो शेयर नबेचेको भए लक्ष्मी बैंकमा थप पूँजी लगानी गर्न मलाई अफ्ठ्यारो पर्न सक्थ्यो। १३० प्रतिशत पूँजी लक्ष्मी बैंकले दुई बर्षभित्र लियो। प्राइम लाइफले १.६ गुणा र एभरेष्ट इन्स्योरेन्सले एकको छ गुणा थप पूँजी लिए। यसबापत त ठूलो रकम आवश्यक पर्थ्यो। त्यही शेयर बेचेर आएको रकम पूँजीकृत गरियो।
 
वित्तीय क्षेत्र त तपाईँको पुरानै रुची र पहिचानको क्षेत्र भइहाल्यो। यसपाली त 'क्यापिटल मार्केट' मा पनि छाउनु भयो। अब स्टक 'टाइकुन' हुने हो?
स्टक टाइकुन नै त नभनौँ। फाइनान्सियल मार्केटको एउटा क्याटलिष्ट चाहिँ भन्न मिल्छ। जबसम्म लक्ष्मी बैंकले थप पूँजी कल गरेको थिएन, मैले दोस्रो बजारमा लगानी गरेँ। १८८० को पोइन्ट हुँदा धेरै राम्रो 'प्रोफिट' मा पनि थिएँ। तर, त्यसबेला मैले शेयर बेच्नुपर्थ्यो। धेरै 'एम्बेसियस' नहुने स्वभाव अनुसार पर्खेरै बसेँ। बजार ओरालो लाग्यो। यता लक्ष्मी बैंकमा पूँजी थप गर्ने बेला भयो। त्यसपछि बेचिदिएँ। घाटा नै त भएन। आजसम्म मैले लगानी गरेका 'स्क्रिप्ट' मध्ये एउटा मात्र घाटाको अवस्थामा छ- चिलिमे। त्यो पनि मामुली घाटा हो। त्यो बाहेक मेरो 'स्क्रिप्ट' कुनैमा पनि घाटा छैन। त्यसरी धेरै महत्वाकांक्षाबिना सुरक्षित लगानी गर्ने हाम्रो बिशेषता नै हो। मेरो मात्र होइन,  हाम्रो स्कुलिङ नै त्यस्तै छ। जस्तो लक्ष्मी क्यापिटलको पहिलो म्युचुअल फण्ड (एलबीएफवान) ले पहिलो बर्षमा नै २५ प्रतिशत लाभांश दियो। लक्ष्मी बैंककै कुरा गर्दा पनि हामीलाई धेरै नाफा देखाएर कम्प्लेन गर्छन्। मैले भनिसकें नाफाको पछि मात्र कुद्ने त हाम्रो 'नेचर' नै होइन। जति नाफा कमाउँछ त्यो लगेर हामी पूँजीमा थपिदिन्छौँ।
 
वित्तीय क्षेत्रमा चाहिँ फुलफ्लेज सेवा दिने हाम्रो उदेश्य हो। तपाईँले अस्ति लक्ष्मी बैंकको 'एजिएम' नोटिस हेर्नु भयो कि भएन, हामीले छ वटा क्षेत्रमा जाने भनेका छौँ। तीमध्ये लाइफ र नन-लाइफ इन्स्योरेन्स 'अलरेडी' छँदैछन्। त्यसबाहेक स्टक एक्सचेञ्ज, भेञ्चर क्यापिटल, ब्रोकर र फाइनान्सियल टेक्नोलोजीमा हामीले जान चाहेका छौँ। टेक्नोलोजीमा अहिले पनि हामी एक नम्बरमा हौँ। अब फाइनान्सियल टेक्नोलोजीमार्फत बैंकिङलाई चाहिने सबै प्रविधिको व्यवसाय गर्न चाहेका हौँ।
 
तपाईंले माथि नै फ्रन्टबाट ब्याक सिटमा आएको त भन्नु भयो। त्यती हुँदा पनि चुप लागेर नबस्ने तपाईँको स्वभाव अनुसार कतै न कतै अन्तर्राष्ट्रिय ब्यापारमा तपाईँ आफैँ पनि संलग्न हुनुहुन्छ भन्ने बुझाइ छ नी ?
छैन। त्यो निश्चय पनि होइन। मलाई झुठ बोल्ने बानी छैन। भाइहरुको रुची छ। त्यस अनुरुप काम पनि गरिरहेका छन्। तर, म चाहिँ छैन। मेरो रुची पनि छैन।
 
तपाईँलाई रुची नभएको की कानुन उल्लंघन गर्नु हुँदैन भन्ने हो?
हैन। कानुन उल्लंघन गर्नु हुँदैन, त्यो आफ्नो ठाउँमा कानुनको सम्मान भयो। तर, तरल भनेको चाहिँ कस्तो भने मुट्ठीमा लिएर बस्नु भएको छ भने पनि यसो हल्लिने बित्तिकै बग्छ। त्यो बग्नबाट रोक्नु भनेको लक्ष्मीको इज्जत होइन। हामी त लक्ष्मीपुत्र हौँ। हाम्रो कुल देवता अग्रसेन महाराज हुनुहुन्छ, जसलाई लक्ष्मीको पुत्र मानिन्छ। ५४४० बर्ष भयो उहाँ यस धर्तीमा आउनु भएको। उहाँलाई लक्ष्मीको प्रताप भएकै कारण मारवाडीमा गरिब खासै कोही हुँदैनन्। उहाँको नियम नै कस्तो थियो भने सक्नेले एउटा रुपैयाँ र एउटा इँटा जम्मा गर्नुपर्थ्यो। जो असक्षम छ उसले उक्त पैसा र इँटाबाट घर बनाउँथ्यो। सफल भएपछि फिर्ता गर्थ्यो। यस्तो समाजवादी चिन्तन थियो उहाँको।
 
त्यसैले कानुनको सम्मानको कुरा एक ठाउँमा छ। तर, लक्ष्मीको गति त रोकिँदैन। छ महिना लगातार बाहिर बस्ने वित्तिकै त विदेशमा कारोबार गर्न कानुनको उल्लंघन भएन। त्यसैले बाटो नै नभएको त होइन। तर, आजको दिनमा चाहिँ मसँग विदेशमा प्रोजेक्ट पनि छैन। रुची पनि छैन।
 
वित्तीय क्षेत्रमा तपाईँले एक किसिमको साम्राज्य नै बनाउनु भएको छ। बैंकदेखि जीवन र निर्जीवन बीमा कम्पनी दुबै खोल्न सफल हुनु भयो। तर, यिनीहरुको गति पछि आएका कतिपय संस्थाभन्दा पनि ढिला भयो?
होइन। ढिला भएको छैन। ती संस्थाहरुले आफ्नो  'पोर्सन' लाई 'डाइल्युट' गरे र अरुसँग मर्ज गरे। त्यही भएर ठूलो बन्न पुगे। हाम्रो चाहिँ त्यो दुइवटै भएन। हामीले अहिलेसम्म ठूलो स्केलमा मर्जर/एक्विजिनस गरेका छैनौँ। हाम्रो स्टेक पनि डाइल्युट भएको छैन। बढेको छ। यी दुईवटै कारणले हामी अगाडी छौँ। त्यो कुरा बाहिर देखिँदैन। एउटा कुरा के चाहिँ मान्न सकिन्छ भने पहिला फाइनान्सियल मार्केटको टप तीनभित्र हामी थियौँ भने अहिले उक्त स्थानमा थप केही समूह पनि थपिएका छन्।
 
कतिपय बैंकमा सञ्चालक प्रवर्द्धकले उच्च मुनाफाको दवाव दिँदा व्यवस्थापनले अनावश्यक जोखिम व्यहोर्न बाध्य भएको चर्चा पनि सुनिन्छ। लक्ष्मी बैंकमा त्यो अवस्था खासै देखिँदैन। तपाईँहरुलाई ब्यालेन्स सिट ह्वात्तै बढाउँ जस्तो लाग्दैन?
त्यस्तो लाग्दैन। हामीले नै व्यवस्थापनलाई 'क्यास प्रोफिट' लाई हेर्दै नहेर्नुस्, दीगो रुपले सम्पत्तिको साइज बढाउनुस् भन्ने म्यान्डेट दिएका छौँ। हाम्रो उद्देश्य भनेकै 'क्यापिटल इन्क्रिमेन्ट' हो।
 

मैले बिजनेसबाट रिटायरमेन्ट लिएको छैन। फ्रन्ट सिटबाट ब्याक सिटमा आएको हुँ। कार्यकारीबाट नीति निर्धारणमा ‘सिफ्ट’ भएको हो। दैनिक सकृय जीवनबाट ‘एड्भोकेसी र एड्भाइजरी’ रोलमा प्रवेश गरेको हो। त्यसैले यसलाई नै रिटायरमेन्ट भन्न मिल्दैन। 

तर, यो सोचले कम्पनीको शेयर मूल्यलाई त असर गर्यो नि?
शेयर मूल्यमा नहेरौँ न त्यसलाई। 'एसेट्स बिल्डअप' भन्छ त्यसलाई। शेयर मूल्यमा पनि हामी धेरै उतार चढाव नगरी एउटा भरपर्दो बिन्दुमा छौँ। आठ अर्ब रुपैयाँ पूँजी पुग्दा सबै बैंकको शेयर मूल्य हजार रुपैयाँभन्दा तल आउँछ। हामी त अहिले नै 'मोडरेट' ठाउँमा छौँ। मूल्य ओरालो लाग्दा अरुको १०० रुपैयाँ घट्छ भने हाम्रो २० रुपैयाँ मात्र घट्छ। मूल्य उकालो लाग्दा अरुको ७५ रुपैयाँ बढ्दा हाम्रो २० रुपैयाँ बढ्छ। आखिर कम जोखिमयुक्त दीगो लगानीको 'स्क्रिप्ट' त लक्ष्मी बैंक नै भयो नि।
 
तपाईँले बैंकर र व्यवसायी छुट्याउने राष्ट्र बैंकको तयारीलाई स्वागत गर्दै आफु बैंकर कित्तामा उभिने घोषणा नै गर्नु भएको थियो। आज राष्ट्र बैंकको उक्त घोषणा कार्यान्वयन नै भएन। तपाईँलाई हतारमा निर्णय गरेछु जस्तो लाग्दैन?
लाग्दैन। किनभने मेरो त रुचीको बिषय पनि यही हो। धेरै 'एम्बिसन' पनि छैन। र, मसँग भएको कुरा राम्ररी चलाउनु पर्छ भन्ने हो। बार्षिक नाफा भनेको मेरो लागि नगन्य हो। किनभने अरुको खर्च र मेरो खर्च बराबर छ। एउटा सामान्य व्यापारी जसले बर्षको एक करोड रुपैयाँ खुद मुनाफा गर्छ, त्यसले बार्षिक जति खर्च गर्छ मेरो खर्च पनि त्यति नै छ। दिनको २०/२५ लाख, सातको एक/डेढ करोड या बर्षको १०० करोड रुपैयाँ भनौँ। त्यो त बसिबसी पनि आउँछ।
 
बर्षमा खुद नाफा कति कमाउनु हुन्छ त?
मैले एक बर्षको हिसाव गरेको छैन। तीन बर्षको हिसाब गर्दा साढे दुई सय करोड रुपैयाँ जति देखिन्छ। पहिलो बर्ष केही कम थियो। अर्को बर्ष केही बढ्यो पनि होला। तीन बर्षमा त्यति देखिन्थ्यो।   
 
तपाईँले राजनीतिमा चाहेर पनि जसरी संविधान दिन सकिएन भन्नुभयो। त्यस्तै बिजनेसमा पनि चाहेर गर्न नपाएको केही छ?
बिजनेसमा त्यस्तो छैन।
 
भोलि टेलिकम या त्यस्तै क्षेत्रमा अवसर आयो भने फेरि जानु हुन्न? 
टेलिकम अब छुटिसक्यो। म त्यसैलाई सम्झेर बस्दिन। म त्यस्तो लोभी पनि होइन। आफुसँग जे छ त्यो आउँछ। नभएको आउँदैन भन्ने लाग्छ। अवसर आउँदा जाँदै जान्न भन्ने त कुरा आउँदैन। साथमा काम गर्ने मेरो एउटा टिम पनि छ। तर, वित्तीय क्षेत्र बाहेक अरु क्षेत्रले चाहिँ १०० को २०० हुन्छ भन्दा पनि मलाई त्यति धेरै लोभ्याउँछ भन्ने चाहिँ लाग्दैन।
 
तपाईँ जसरी फाइनान्सिलय सेक्टर भनेर लाग्नु भएको छ। त्यो क्षेत्रलाई चुस्त ढंगले अघि बढाउन राज्यको प्रतिबद्धता चाहिँ कस्तो देख्नु हुन्छ?
नियामकको रुपमा राष्ट्र बैंक र धितोपत्र बोर्डलाई धेरै सम्मान गर्छु। यी दुई संस्थाले जसरी हामीलाई ठाउँमा राखेका छन्, अनधिकृत रुपले खेल्न दिएका छैनन्, हामीलाई व्यापारिक संस्कारभन्दा कर्पोरेट संस्कारमा राखेका छन्, त्यसको एकदमै म सम्मान गर्छु। यत्रो बिजनेस हुँदा पनि म राष्ट्र बैंक या धितोपत्र बोर्ड कहिल्यै पनि जानु पर्??