पञ्चकन्याको सीपीभीसी पाइपले पायो आर्इएसआर्इ प्रमाण चिन्ह, आर्इएसआर्इ पाउने पहिलो कम्पनी

बिजमाण्डू
२०७४ जेठ २६ गते १७:५० | Jun 9, 2017
पञ्चकन्याको सीपीभीसी पाइपले पायो आर्इएसआर्इ प्रमाण चिन्ह, आर्इएसआर्इ पाउने पहिलो कम्पनी
काठमाडौं।पञ्चकन्या समूहले उत्पादन गरेको सीपीभीसी पाइप तथा फिटिङ्सले आर्इएसआर्इ प्रमाण चिन्ह पाएको छ।आर्इएसआर्इ भारतीय गुणस्तर चिन्ह हो।

Tata
GBIME
Nepal Life

कम्पनीले सीपीभीसी पाइपमा यो गुणस्तर पाउने पहिलो भएको दाबी गरेको छ।कम्पनीले विगत ६ वर्षदेखि अमेरिका लगायतका विकसित देशमा प्रयोग हुने जापानी सेकीसुर्इ कच्चा पदार्थबाट सीपीभीसी पाइप निर्माण गरेको जनाएको छ।

प्लम्बिङमा यो पाइप अत्यधिक रुचाइने कम्पनीले जनायो।कम्पनीका अनुसार यो पाइप तातो र चिसो पानी सुहाउँदो छ। नन टक्सिक केमिकल तथा यूभी रेसिष्टेन्ट रहेको कम्पनीले जनायो।कम्पनीले यो पाइप पचास वर्षसम्म ढुक्कसाथ प्रयोग गर्न सकिने जनाएको छ।