चितवनमा सुरु भयो फियट र स्कोडा एक्सचेन्ज क्याम्प, जुनसुकै गाडी साटेर नयाँ लैजान सकिने

बिजमाण्डू
२०७४ जेठ २४ गते ०८:०३ | Jun 7, 2017
चितवनमा सुरु भयो फियट र स्कोडा एक्सचेन्ज क्याम्प, जुनसुकै गाडी साटेर नयाँ लैजान सकिने
चितवन । चितवनमा जुनसुकै मोडलका पुराना कार साटेर फियट तथा स्कोडा किन्न पाउने एक्सचेन्ज क्याम्प सुरु भएको छ।

Tata
GBIME
Nepal Life


चितवनको लागि फिएट तथा स्कोडा कारको आधिकारिक विक्रेता युरो अटोमोटिभले एक्सचेन्ज क्याम्प सुरु गरेको हो।गाडी कर्जाको सीमा ५० प्रतिशत झारेपछि व्यापार गिरावट आएको बेला व्यापार प्रवर्द्धनका लागि एक्सचेन्ज क्याम्प ल्याएको कम्पनका प्रबन्ध निर्देशक रविन श्रेष्ठले जानकारी दिए ।

उनले क्याम्पमा युरोपियन मोडलकका विभिन्न मोडलका उपलब्ध फियट तथा स्कोडा किन्न पाउने बताए।क्यापमा २० हजार रुपैयादेखि २ लाख रुपैया सम्मको स्क्रयाच कुपन, टेस्ट ड्राईभ गिफ्ट समेत रहेको उनले बताए।श्रेष्ठका अनुसार एक ठाउँबाटै सेल्स सर्भिस र स्पेर्यस पाटर््स दिनेगरी सेवा पनि संचालनमा ल्याइएको छ।