बैंक वित्तीय संस्थाहरुलाई सञ्चालकको संख्या घटाउन राष्ट्र बैंकको निर्देशन, ‘तत्काल एजिएम बोलाउ’

बिजमाण्डू
२०७४ जेठ २२ गते १५:५४ | Jun 5, 2017
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सञ्चालक समितिको संख्या ५ देखि ७ जनामा झार्न निर्देशन दिएको छ। 


 
बैंक तथा बित्तीय संस्था सम्बन्धि नयाँ ऐनले सञ्चालक समिति सदस्यको संख्या ९ बाट सातमा झारेपछि त्यसै अनुसार समायोजन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो। 
 
राष्ट्र बैंकले संस्थापक सेयर समूह र सर्वसाधारण सेयर समूहबाट सेयर स्वामित्व अनुपातका आधार संख्या समायोजन गर्न निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थालाई तत्कालै साधारण वा विशेष साधारणसभा बोलाइ आआफ्नो प्रबन्धपत्र र नियमावली संशोधन गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life