आरपी बेकरीले पायो खाद्य स्वच्छतामा उत्कृष्ट सम्मान, राम्रो ब्राण्डमा विस्कुट र कुकिज

बिजमाण्डू
२०७४ जेठ १६ गते १६:५५ | May 30, 2017
आरपी बेकरीले पायो खाद्य स्वच्छतामा उत्कृष्ट सम्मान, राम्रो ब्राण्डमा विस्कुट र कुकिज
काठमाडौं।आरपी बेकरीले उत्पादन गरेको राम्रो ब्राण्डको विस्कुट र कुकिजले खाद्य स्वच्छतामा उत्कृष्ट सम्मान पाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वार्षिक रुपमा दिने यो सम्मानमा यो वर्ष आरपीले उत्कृष्ट बनेको हो।२०६९ सालमा यो कम्पनी दोस्रो भएको थियो।आधुनिक उपकरणमार्फत विस्कुट र कुकिज उत्पादन गर्दै आएकोले गुणस्तरमा सम्झौंता नगर्ने कम्पनीले दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका निर्देशक आदित्य अग्रवालले गुणस्तरीय उत्पादनका कारण सम्मान पाएको बताउँदै सम्मानले थप जिम्मेवार भएर उत्पादन बजारमा पुर्याउनुपर्ने दायित्व थपिएको बताए।यो उद्योग कैलालीको अत्तरियामा छ।

पाँच वर्षअघि स्थापना भएको यो उद्योगबाट राम्रो,डिङडङ,रोयल र सितारा ब्राण्डका विस्कुट र कुकिज उत्पादन गर्दै आएको छ।कम्पनीका संस्थापक राजकुमार अग्रवालले विदेशी विस्कुट विस्थापित गर्ने उदेश्य लिएर आफ्ना उत्पादन गुणस्तरीय बनाएको बताउँदै त्यसमा सरकारी प्रोत्साहनले हौसला थपेको बताए।