द्वारिकाजको खाजा छिरेन अर्थमन्त्रालय, सुक्खा रोटी र फलफुलको भरमा बजेट बनाउँदै अर्थमन्त्री

बिजमाण्डू
२०७४ जेठ १४ गते १७:५० | May 28, 2017
द्वारिकाजको खाजा छिरेन अर्थमन्त्रालय, सुक्खा रोटी र फलफुलको भरमा बजेट बनाउँदै अर्थमन्त्री
काठमाडौं। बजेट निर्माणमा जुटेका अर्थमन्त्री कृणवहादुर महरा सुक्खा रोटी र फलफुलका भरमा राति ११ बजेसम्म अर्थमन्त्रालयमा बस्ने गरेका छन्। 
 
विहान ६ बजेदेखि नै बजेट निर्माणमा सक्रिय भएका महरालाई सरकार परिवर्तनपछि पनि दोहोर्याउने मुडमा बजेट निर्माणमा जुटेका हुन्। उनलाई शेरवहादुर देउवा नेतृत्वको सरकारमा  समेत अर्थमन्त्रीका रुपमा निरन्तरता दिन प्रचण्डले ग्रिनसिग्नल दिइसकेका छन्।
 
 
अर्थमन्त्रालयको  क्यान्टिनबाट सुक्खा रोटी र तरकारी खाएर महरा बजेटको जोडघटाउ गरिरहेका छन्। 
 
'उहाँ विरामी हुनुभएकोले सुक्खा रोटी, तरकारी र फलफूल खाएर बजेट निर्माणमा लाग्नुभएको छ, प्रेस सल्लाहाकार त्रिभूवन पौडेलले भने, बजेटमा एक सातादेखि निरन्तर क्रियाशिल हुनुहुन्छ।विहान ६ बजे आएर राती एघार बजे मात्रै मन्त्री निवास जाने गर्नुभएको छ।'
 
चालु आर्थिक बर्षको बजेट निर्माण गर्दा गत बर्ष अर्थमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले द्वारिकाज होटलबाट खाजा र खानाको प्याकिङ मगाएका थिए। उनले द्वारिकाजबाट महँगो खाजा र खाना मगाएको भन्दै आलोचनासमेत भएको थियो।

Tata
GBIME
Nepal Life