प्राथमिक शेयर बाँडफाँडमा गोलाप्रथा प्रणाली अन्त्य, हरेक आवेदकले कम्तिमा १० कित्ता शेयर पाउने

बिजमाण्डू
२०७४ जेठ १४ गते १६:२२ | May 28, 2017
काठमाडौं । प्राथमिक शेयर बाँडफाँडमा गोलाप्रथा प्रणालीको अन्त्य भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक आवेदन दिने सबैलाई शेयर पाउने सुनिश्चित गरेसँगै गोलाप्रथा प्रणाली अन्त्य भएको हो। 
 
बोर्डले गत मङ्सिरमा ल्याएको धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७३ लाई ब्यबस्थित गर्न निर्देशिका जारी गर्दै सबैले शेयर पाउने ब्यबस्था लागु गरेको हो।
 
यस अघि ४० प्रतिशत आवेदकले गोलाप्रथाबाट शेयर पाउँथे भने ६० प्रतिशतलाई समानुपातिक आधारमा शेयर दिइन्थ्यो। अब सबै आवेदकले कम्तिमा १० कित्ता शेयर पाउने व्यवस्था गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए। 
 
आश्वाबाट लगानी गर्नेले थोरै शेयर पाएको गुनासो गरेसँगै बोर्डले यो व्यवस्था गरेको हो। साथै सर्बसाधारणका लागि जारि गरिएको प्राथमिक सेयरमा अब संस्थागत लगानीकर्ताले आवेदन दिन नपाउने भएका छन्। 
 
बिगतमा सर्वसाधारणको लागि जारी शेयरमा ठुला संस्थाले धेरै पैसाको आबेदन दिएर शेयर हत्याउने गरेका थिए। यही प्रणालीलाई अन्त्य गर्न यस्तो व्यवस्था गरेको बोर्ड अध्यक्ष कार्कीले जानकारी दिए।
 

Tata
GBIME
Nepal Life