रेनल्टको लजी स्टेपवे गाडी नेपाली बजारमा, ट्राभल र टुर्सका लागि उपयोगी, मूल्य ४० लाख रुपैयाँ

बिजमाण्डू
२०७४ जेठ १२ गते १३:५७ | May 26, 2017
रेनल्टको लजी स्टेपवे गाडी नेपाली बजारमा, ट्राभल र टुर्सका  लागि उपयोगी, मूल्य ४० लाख रुपैयाँ


काठमाडौं।ट्राभल र टुर्सका लागि उपयोगी हुने रेनल्टको लजी स्टेपवे गाडी नेपालमा बिक्री सुरु भएको छ।

Tata
GBIME
Nepal Life

रेनल्टको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइलले यो गाडी नेपाली बजारमा ल्याएको हो।गाडीको आन्तरिक तथा वाह्य सजावटमा नयाँपन छ।कम्पनीका अनुसार डिजाइन,स्पेश,कार्यदक्षता,सुरक्षा र उत्कृष्ट इन्धनको वचतका कारण उत्कृष्ट छ।

एमपीभी प्रविधियुक्त यो गाडीको मूल्य ३९ लाख ९५ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यो गाडी ८५ पिएस र १ सय १० पिएसमा उपलब्ध छ जसमा लजी स्टड,आरएक्सर्इ,आरएक्सएल र आरएक्सजेड संस्करणमा छ।कम्पनीका अनुसार यो गाडी सात र आठ सीटमा उपलब्ध छ।गाडी प्लानेट ग्रे,रोयल अर्किड,स्लेट ग्रे, फियरी रेड,मूनलाइट सिल्भर र पर्ल ह्वाइटमा रहेको कम्पनीले जनायो।

एमपिभी सेग्मेन्टमा यसले एसयुभी जस्तो यात्रा,शक्ति,सस्पेन्सन र ग्राउण्ड क्लियरेन्सको अनुभव दिने कम्पनीले जनायो।कम्पनीले गाडीले अधिक माइलेज,न्यून मर्मत खर्च,सुपेरियर ड्राइभ परफरमेन्स दिने दाबी गरेको छ।भारतमा ट्राभल र टुर अपरेटरले यो गाडीलार्इ प्राथमिकता दिने गरेको कम्पनीले जनायो।गाडीमा एयरब्याग,इन्जिन इमोबिलाइजर,सेन्ट्रल लकिङ अटो डोर लक,सीटवेल्ट रिमाइण्डर,रियर वाइपर तथा डिसर, डोर अ जार वार्निङ तथा रियर डिफगर लगायतका विशेषता छन्।