महिन्द्रा केयुभी-१०० नेपालमा हिट भएपछि कम्पनीको फ्रि सर्भिस क्याम्प, स्पेयर्स पार्टसमा १५% छुट

बिजमाण्डू
२०७४ जेठ ११ गते १०:५६ | May 25, 2017
काठमाडौं। महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपले युवाहरुलाई लक्षित गर्दै ल्याएको महिन्द्रा केयुभी-१०० गाडी नेपाल आएको एक बर्ष भयो।
 
यो अवधिमा युवा माझ गाडी निक्कै लोकप्रिय भएको कम्पनीले जनाएको छ। गाडी नेपाल भित्रिएको एक बर्ष पुरा भएको उपलक्ष्यमा कम्पनीले निशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ।


 
क्याम्पमा केयुभी-१०० गाडीलाई निशुल्क रुपमा जाँच तथा सर्भिस गरिन्छ। साथै लुब्रिकेन्टमा र स्पेयर्स पार्टसमा १५ प्रतिशत छुट पनि दिइएको कम्पनीले जनाएको छ। यो सुविधा युनिक आइडल अटोमोबिल बालकुमारी र गुड अटो मोबिल धुम्वाराहीमा उपलब्ध छ। 

Tata
GBIME
Nepal Life