विराटनगर, बुटवल, धनगढी र नारायणगढमा हुण्डाईको एक्सचेञ्ज अफर, ग्राहकको उत्सुकतापूर्ण सहभागिता

बिजमाण्डू
२०७४ जेठ १० गते १८:२६ | May 24, 2017

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विराटनगर, बुटवल, धनगढी र नारायणगढमा हुण्डाई एक्सचेञ्ज कार्यक्रम आयोजना गरेको छ ।
 
सोमबारबाट सुरु भएको तीन दिने कार्यक्रममा ग्राहकको उत्सुकतापूर्ण सहभागिता रहेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ। एक्सचेञ्ज अफरमा कम्पनीले नगद छुट, स्पट एक्सचेञ्ज र भ्यालुएशन तथा एक्सचेञ्ज बोनस प्रदान गरेको थियो।
 
कम्पनीले एक्सचेञ्ज अवधिमा टेस्ट ड्राइभ र विन लगायत मनोरञ्जनात्मक  कार्यक्रमसमेत गरेको थियो । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेस्ट ड्राइभ गरेकामध्ये लक्कि ड्रबाट कुलप्याड कुल वान स्मार्ट फोन समेत प्रदान गरिएको थियो। 
 

Tata
GBIME
Nepal Life