प्रचण्ड सरकारको १० महिने कालका उपलब्धि, लोडसेडिङ अन्त्यदेखि मुल्यबृद्धि नियन्त्रणसम्म

बिजमाण्डू
२०७४ जेठ १० गते १७:२२ | May 24, 2017

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार राष्ट्रका नाममा विषेश सम्बोधन गर्दै राजिनामा घोषणा गरे। पहिलो चरणको स्थानीय तहको निर्वाचन सफल पार्ने देखि लोडसेडिङ अत्यसम्मको आफ्ना उपलब्धिको फेहरिस्त सुनाएका दाहालले अब आर्थिक सम्बृद्धिको दिशामा एक हुन सबै दललाई आह्वान समेत गरे। प्रधानमन्त्री दाहालले सुनाएका उनको सरकारका मुख्य उपलब्धि-
 

  • ०.८ प्रतिशत बिन्दु बाट ७.५ प्रतिशत बिन्दुको आर्थिक बृद्धिदर हाँसिल गरेको।
  • २० घण्टा कायम रहेको लोडसेडीङ धेरै जसो सहरमा अन्त्य गगरेको।
  • १२ वर्ष यताकै सबै भन्दा धेरै महङ्गी नियन्त्रण गरेको। 
  • ओबीओआरमा हस्ताक्षर गरि समृद्धिको मार्ग खोलेको
  • हुलाकी राजमार्गको काम तिब्र रुपमा अघिबढाई तराईका जनताका जीवन स्तर कायापलट गर्न अघिसरेको।
  • राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरि निर्माणमा गति दिएको।
  • मेलम्चीको पानी दशै सम्म ल्याउने वातावरण बनाएको।
  • १२ शहरलाई मेट्रो सिटि बनाउन पहल गगरेको।
  • वैदेशिक लगानी सम्मेलन गरि १४ खर्ब बराबरको लगानी प्रतिवद्धता ल्याउन सफल भएको।
  • सिमान्तकृत बर्गको लागि आवासिय विद्यालय बनाउने घोषणा गरेको।
  • प्रत्येक स्वास्थ्य चौकीमा दुई जना विशेषज्ञ डाक्टर खटाउने निर्णय गरेको।
  • सरकारी अस्पतालमा ओपिडीको समय थप गरेको।
  • मुटु मट्ठगौला लगायत १२ प्रकारका प्राणघातक रोग लाग्दा एक लाख रुपैयाँ सहयोग गर्ने नीतिको सुरुवात गरि कार्यान्वयन गरेको।
  • नेपाली सेना पुलिस र निजामती कर्मचारीको अस्पतालमा सर्वसाधारणलाई उपचार गर्ने व्यवस्था मिलाएको।
  • ब्लडमनि तिर्न नसकि मृत्यु दण्ड परखिरहेका नेपालीलाई आर्थिक सहयोग र कुटनीतिक लविङ गरि स्वदेश फर्काएको।
  • फास्टट्रयाक बनाउने जिम्मा नेपाली सेनालाई दिएर बन्ने आधार समेत तयार पारेको।
  • बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण जिम्मा चिनिया कम्पनीलाई दिने निर्णय गरेको।
  • नेपाल औषधी लिमेटेडबाट औषधी उत्पादन सुरु गरेको।
  • बैदेशिक रोजगार म्यादी जीवन बिमाको सिमा ७ लाख बाट २७ लाख रुपैयाँ पुर्याएको।
  • खिम्ती ढल्केवर २२० केभी प्रसारण लाईनको निर्माण सम्पन्न गरेको।
  •  भूकम्पपिडितलाई पहिलो किस्ता राहत वितरण गरेको।
  •  कृषिक्षेत्रको विकासकालागी प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजनाको सुरुवात गरेको।
  •  किसान पेन्सन कृषि बीमाको लागि ठोस काम गरेको।