संसदको बाटो छेकिएपछि सिंहदरबारबाटै प्रधानमन्त्रीले गरे राजीनामाको घोषणा, ‘सफल कार्यकाल’

बिजमाण्डू
२०७४ जेठ १० गते १७:०१ | May 24, 2017
संसदको बाटो छेकिएपछि सिंहदरबारबाटै प्रधानमन्त्रीले गरे राजीनामाको घोषणा, ‘सफल कार्यकाल’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामाको घोषणा गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले आजैदेखि राजीनामा गर्ने बताएका हुन्। 
 
संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका प्रधानमन्त्री विपक्षी दल एमालेको अवरोधका कारण संसद बैठक बस्न नसकेपछि सिंहदरबारबाट सम्बोधन गर्दै राजीनामा दिएका हुन्। 


 
सम्बोधनको सुरु मै उनले भने, 'मैले हिजो नै सम्बोधन गर्न खोजेको थिएँ। तर संसद अवरुद्ध भयो। त्यसैले सिधै जनतासँग सम्बोधन गर्न लागेको हुँ।'
 
उनले आफू प्रधानमन्त्री हुँदा सबै कुरा प्रतिकूल भए पनि १० महिनाको अवधिमा सुधार गरेको जिकिर गर्दै भने, 'म प्रधानमन्त्री हुँदा सबै कुरा प्रतिकूल थिए। देश यति विभाजित थियो कि चुनाव हुनसक्छ भन्ने आत्मविश्वास समेत थिएन। छिमेकीहरुसँगको सम्बन्ध राम्रो थिएन। १० महिनाको छोटो समयमा मैले ती सबै परिस्थिति सुधार गरेको छु। पहिलो चरणको निर्वाचन सम्भव भएको छ। अब दोस्रो चरणको निर्वाचनका लागि आधार तयार भएको छ।'

Tata
GBIME
Nepal Life

 
उनले आफू प्रधानमन्त्री निर्वाचित हुनुअघि संसदमा विपक्षी नेता केपी ओलीले सोधेका प्रश्नहरु ठीक भए पनि नियत ठीक नभएको बताए। 'म प्रधानमन्त्री हुँदा विपक्षीले फास्ट ट्रयाक के हुन्छ? चीनसितको ओबिओआर के हुन्छ जस्ता प्रश्न सोधिएको थियो। ती प्रश्न बेठीक थिएनन्। तर प्रश्नकर्ताको नियत ठिक थिएन।'
 
ओलीको नामै नलिई उनले व्यङ्ग्य गरे, 'आफूमाथि अविश्वास भएपछि त्यस्ता नियतहरु जन्मने गर्छन्।'


 
'फास्ट्रट्रयाक केही दिनमा म उद्घाटन गर्दैछु। सेनाले निर्माण गर्दैछ। हुलाकी राजमार्गले एकदमै गति लिएको छ। काठमाडौलाई मेघा सिटीको अवधारणमा लैजान अध्ययन थालिएको छ। र अन्यउ १३ ठाउँमा मेघा सिटिको अवधारण विकासको अध्ययन सुरु भएको छ,' उनले भने।

राजनीतिमा देखिएको नैतितकताको खडेरी अन्त गर्न राजिनामा
नैतिकताको खडेरीको अन्त्यका लागि भन्दै प्रधानमन्त्रीले राजिनामा दिएका छन्। प्रधानमन्त्री दाहालले राजनीतिक इमान्दारिता बिना देशको उन्नति हुन नसक्ने बताए। 
 
'राजनीतिमा नैतिकता र इमान्दारिताको खडेरफ परेको छ, झन सत्ता गठबन्धनको संस्कृतिमा त अहिलुम्म इमादारिता भएकै छैंन,'  प्रधानमन्त्री दाहालले भने, 'हो त्यही इमादारिता प्रस्तुत गर्न र राजनीतिमा देखिएको नैतिकताको खडेरीको अन्त्य गर्न मैले राजिनमा दिएको छुँ।' प्रधानमन्त्री दाहालले पहिलो चर्कण चुनाव  सकेर दोस्रो चर्को चुनाव मेरै नेतृत्वमा होस भन्ने चाहना जनता र प्रतिपक्षीको समेत रहे पनि इमान्दारिताकै लागि राजिनमा दिएको बताए। 


'पहिलोचरणको चुनाव सम्पन्न भएको अवस्थामा दोस्रो चरणको चुनाव यही सरकारले गराओस भन्ने सिंगो देश र प्रतिपक्षीको भावनाप्रति आभारी छु,' प्रधानमन्त्रीले भने,  'तर नेपाली कांग्रेसँग भएको सहमतिप्रति इमान्दारिता देखाउँदै आजै पदबाट राजिनामा दिएको छुँ।'