गाडी चढ्ने १७ प्रतिशतले बढे, अर्थतन्त्रमा आएको सुधार मध्यम वर्गीयको जीवनशैलीमा देखियो

बिजमाण्डू
२०७४ जेठ १० गते १०:४२ | May 24, 2017
गाडी चढ्ने १७ प्रतिशतले बढे, अर्थतन्त्रमा आएको सुधार मध्यम वर्गीयको जीवनशैलीमा देखियो
काठमाडौं। अर्थतन्त्रमा आएको सुधारले देशको समग्र आर्थिक अवस्थामा सुधार आएसँगै सवारी साधनको बृद्धि पनि उच्च भएको छ।


 
राष्ट्र बैंकले आफ्ना कार्यालय रहेका काठमाडौं, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढ वरिपरी रहेका ५७ वटा जिल्लालाई आधार मानेर गरेको अध्ययन अनुसार सवारी साधनको दर्ता १७ प्रतिशतले बढेको छ। 
 
मोटरसाइकलको संख्यामा १७.१ प्रतशितले बढोत्तरी भएको छ भने अन्य सवारी साधनको संख्या १६.८ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार मोटर साइकलको संख्या २२ लाख ५२ हजार ६४१ पुगेको छ भने अन्य सवारी साधनको संखया ६ लाख ४ हजार १३५ पुगेको छ।
 
भुकम्पलगत्तैको नाकाबन्दिका कारण गाडी तथा मोटरसाइकल किन्नेहरु घटेका थिए। नाकाबन्दी हटेसँगै बैंक ब्याज दर पनि ह्वात्तै घटेपछि गाडीमा सर्वसाधारणको आर्षण बढेको थियो। गाडीको ब्याज दर साढे ६ प्रतिशतसम्म आएको थियो।
 
यही कारण गाडीको संख्या बृद्धि भएको हो। बैंकहरुले गाडी धितोमा ९५ प्रतिशतसम्म ऋण उपलब्ध गराउँदै आएका थिए।

Tata
GBIME
Nepal Life