घरजग्गा कारोबारमा उछाल आएको कारण यस्तो रहेछ, काठमाडौंभन्दा पनि बढि कारोबार जनकपुरमा!

बिजमाण्डू
२०७४ जेठ १० गते १०:३१ | May 24, 2017
काठमाडौं। घरजग्गा कारोबारमा समेत बढोत्तरी देखिएको छ। घरजग्गा रजिष्ट्रेसन संख्यामा करिव ७७ प्रतिशतले बृद्धि भएको छ। 
 
नेपाल राष्ट्र बैंकले ५७ जिल्लामा गरेको अध्ययन सार्वजनिक गर्दै रजिष्ट्रेसन वापतको राजश्व संकलन १२३.५ प्रतिशतले बढेर ९ अर्ब ८३ करोड पुगेको जनाएको छ। घर/भवन नक्सापास संखया मात्रै ९० प्रतिशतले बढेकव छ। 
 
सबैभन्दा वढि जनकपुर क्षेत्रमा घरजग्गा रजिष्ट्रेशन संख्यामा बृद्धि भएको छ। यस क्षेत्रको सख्यामा २४२.२ प्रतिशतले बढेको हो। सबैभन्दा कम पोखरामा १३.३ प्रतिशत मात्र छ। 
 
गत बर्ष तराईमा बन्दहड्ताल र नाका ठप्प हुँदा घरजग्गा कारोबार सुकेको थियो। यसपाली बन्द हड्ताल पनि भएन र सरकारले गाउँहरुलाई नगर बनाउँदै लगेका कारण पनि घरजग्गा कारोबार सुधार आएको हो।

Tata
GBIME
Nepal Life