सरकारी प्रकृयाले ढिलाइ भए पनि भनेकै मितिमा उत्पादन सुरु गर्ने चिनियाँ लगानीकर्ताको तयारी

बिजमाण्डू
२०७४ जेठ ८ गते १६:३७ | May 22, 2017
सरकारी प्रकृयाले ढिलाइ भए पनि भनेकै मितिमा उत्पादन सुरु गर्ने चिनियाँ लगानीकर्ताको तयारी
काठमाडौं । सरकारी प्रकृया ६ महिना ढिला हुँदापनि  चिनियाँ लगानीको होङसी शिवम सिमेन्टले तोकिएकै समयमा उत्पादन थाल्ने गरी काम अघि बढाएको छ।

Tata
GBIME
Nepal Life

प्रारम्भिक वातावरणीय परीक्षण(इआइए) स्वीकृतिको चरणमा छ।तोकिएको समयभन्दा ६ महिना ढिला हुँदा पनि परियोजनाको काम रोकिएन जसले डेडलाइनमै सिमेन्ट उत्पादन गर्ने आधार तय भयो।नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम् सिमेन्टले इआइए प्रतिवेदन सन् २०१६भित्रै सक्ने प्रक्षेपणसहित काम अघि बढायो।

 
यही प्रक्षेपणका आधारमा सन् २०१८भित्र सिमेन्ट उत्पादन थाल्ने डेडलाइन कम्पनीले तयार पार्यो।तर इआइए प्रतिवेदन स्वीकृत हुन ६ महिना ढिला भयो। तर, उनीहरुले आफुले सिमेन्ट उत्पादनका लागि राखेको डेडलाइन सारेनन् बरु कामको स्पीड बढाए।जग्गा किन्ने सम्याउनेदेखि अरु परियोजनाका काम निरन्तर अघि बढिरह्यो।समयमै परियोजनासक्ने हुटहुटीले सिमेन्ट उद्योग स्थापनाको पूर्वाधार तयारहुँदै छन्। ६ महिनापछि इआइए प्रतिवेदन स्वीकृत हुने चरणमा छ।
 
'हामीले इआइएको अन्तिम प्रतिवेदन बुझाइसकेका छौं। तोकिएको समयभन्दा केही ढिला भएको छ, कम्पनीका प्रतिनिधी शिवरतन अटलले बिजमाण्डूसँग भने, तर चिनियाँ लगानीकर्ताहरुले तोकिएकै समयमा सिमेन्ट उत्पादन गर्ने दृढतासहित काम गरिरहेका छन्।समयसीमा नाघ्यो भने विश्वास घट्ने भएकोले दिनरात नभनी काम खटिरहेका छन्।' इआइए प्रतिवेदन लगानी बोर्डमा पुगेको छ।
 
कम्पनीले बुझाएको यो प्रतिवेदन बोर्डले वातावारण मन्त्रालयलार्इ बुझाएको एक महिनाभित्र स्वीकृती पाउनेछ।' कम्पनीले इआइएको अन्तिम प्रतिवेदन बोर्डमा आइसकेको छ।यो प्रतिवेदन मन्त्रालयमा पेश भएको एक महिनाभित्रै स्वीकृत हुने लगानी बोर्ड ऐनमा प्रावधान छ' बोर्डका परामर्शदाता घनश्याम ओझाले बिजमाण्डूसँग भने।
 
 ३६ अर्ब लगानीमा दैनिक १२ हजार टन सिमेन्ट उत्पादनको लक्ष्यसहित नेपालमा चिनियाँ संयुक्त लगानीको ठूलो उद्योग स्थापना भएको थियो। शिवम् सिमेन्टअन्तर्गतको शिवम् होल्डिङ्स् र होङ्सी ग्रूपअन्तर्गतको होङ्सी होल्डिङ्सको संयुक्त लगानी (जेभी) मा उद्योग स्थापना भएको हो।उद्योग स्थापनाका लागि पूर्वाधारको काम समेत तीब्र रुपमा अघि बढेको छ।

अटलका अनुसार उद्योगका लागि आवश्यक पर्ने जग्गा एक्वायरको काम भइसकेको छ।'उद्योग स्थापनाका लागि अढार्इ सय विघा जग्गा आवश्यक पर्छ, उनले बिजमाण्डूसँग भने,अहिले हामीले जग्गा एक्वायर गरिसकेका छौं। अहिले सिमेन्टको प्लान्ट राख्ने ठाउँमा जग्गा विकास(ल्याण्ड डेभलपमेन्ट)को काम भइरहेको उनले बताए।

सडक विभागले उद्योग र खानीसम्म पुग्ने 'एक्सेस रोड'का लागि टेण्डर आब्हान गरेको छ।सिमेन्ट उद्योगमा 'एक्सेस रोड' र विजुली पुर्याउने दायित्व सरकारको हो।सिमेन्ट उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने केही वर्षअघिदेखि सरकारले सडक र विजुली पुर्याउने नीति ल्याएको थियो।अटलका अनुसार विजुलीका लागि समेत विद्युत प्राधिकरणले टेण्डर आब्हान गरेर सर्टलिस्टको चरणमा छ। नवलपरासीको वेनीमनिपुरमा उद्योग स्थापना हुनेछ भने खानी पाल्पामा रहनेछ।

पाल्पाको खानीबाट कन्भेयरको सहायताले चुनढुंगा ल्याउनेगरी प्लान्ट निर्माण हुँदैछ।अटलले तत्कालका लागि भने सडकबाटै चुनढुंगा ल्याउने र केही वर्षभित्रै कन्भेयर निर्माण गरेर चुनढुंगा ल्याउने जानकारी दिए।कम्पनीले १० किलोमिटरको कन्भेयर बनाएर चुनढुंगा ल्याउनेछ।उद्योगबाट ओपिसी सिमेन्ट नौलाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ । यो उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन् । यो उद्योगका लागि ५० मेगावाट विजुली आवश्यक पर्छ ।