सिमेन्ट उद्योग खोल्ने प्रतिस्पर्धा, १६ अर्ब लगानीमा आठ नयाँ उद्योग, वार्षिक २५ लाख टन उत्पादन

बिजमाण्डू
२०७४ जेठ ७ गते ०९:२९ | May 21, 2017
सिमेन्ट उद्योग खोल्ने प्रतिस्पर्धा, १६ अर्ब लगानीमा आठ नयाँ उद्योग, वार्षिक २५ लाख टन उत्पादन


काठमाडौं।विकास निर्माणले तीब्रता पाएपछि मुलुकभित्र सिमेन्ट उद्योग स्थापनाको होड चलेको छ।१६ अर्ब रुपैयाँ लगानीमा थप आठ सिमेन्ट उद्योग स्थापना हुने भएको छ। चालु आर्थिक वर्षउद्योग विभागमा दर्ता भएका यी उद्योगले वार्षिक २५ लाख टन सिमेन्ट उत्पादन गर्नेछन्।
 
शिवशंकर मिश्रले धादिङ नौबिसेमा मंगला सिमेन्ट,राहुलकुमार अग्रवालले कपिलवस्तुको शिवगढीमा बालाजी सिमेन्ट,अमित अग्रवालले शिवगढीमै शिखर सिमेन्ट,साकेत मुरारकाले मोरङको हात्तिमुडामा अन्नपूर्ण सिमेन्ट,विजयकुमार कनौडियाले कपिलवस्तु शिवगढीमा अटल सिमेन्ट र शिवशंकर मिश्रले चितवनमा बज्र सिमेन्ट उद्योग स्थापनाका लागि उद्योग दर्ता गरेका छन्।

६ लाख १२ हजार मेट्रिक टन ओपिसी सिमेन्ट, ८ लाख १६ हजार मेट्रिक टन पीपीसी सिमेन्ट र ३ लाख २७ हजार मेट्रिक टन पिएससी सिमेन्ट उत्पादन हुनेछ। त्यसका साथै ८ लाख ८० हजार मेट्रिक टन क्लिकंर पनि उत्पादन हुने छ।
अहिले मुलुकभित्र रहेका ५० बढी सिमेन्ट उद्योगले वार्षिक ५० लाख मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेका छन्। नेपालमा वार्षिक दुई अर्ब रुपैयाँको सिमेन्ट र १० अर्ब रुपैयाँको क्लिंकर आयात भईरहेको छ।
 
विभागका अनुसार ती उद्योग कपिलवस्तु, मोरङ, दाङ, धादिङ र चितवनमा सिमेन्ट उद्योग स्थापना हुनेछन्।
 
कपिलवस्तुको शिवगढी गाविसमा मात्रै ४ वटा सिमेन्ट उद्योग स्थापना हुने छन्। बालाजी सिमेन्ट उद्योग, शिखर सिमेन्ट उद्योग, अटल सिमेन्ट उद्योग र भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुको शिवगढी गाविसमा स्थापना हुने विभागले जनाएको छ।सिमेन्टमै लगानी गरिरहेका उद्योगीले नयाँ प्लान्ट स्थापना गर्दैछन्।
 
नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाको समेत नयाँ उद्योग स्थापना गरेका छन्।उनले नयाँ उद्योग भूगर्भ सिमेन्ट स्थापना गरेका हुन्।
 
उनको अर्घाखाँची सिमेन्ट संचालनमा छ।घोराही सिमेन्टमा लगानी रहेको पुरुषोत्तम संघइले दाङको लक्ष्मीपुरमा घोराही क्लिंकर ग्राइन्डिङ उद्योग स्थापना गर्दैछन्।घोराही सिमेन्टले सगरमाथा ब्राण्डमा सिमेन्ट स्थापना गर्दैछ। 
 
शिवशंकर मिश्रले धादिङ नौबिसेमा मंगला सिमेन्ट,राहुलकुमार अग्रवालले कपिलवस्तुको शिवगढीमा बालाजी सिमेन्ट,अमित अग्रवालले शिवगढीमै शिखर सिमेन्ट,साकेत मुरारकाले मोरङको हात्तिमुडामा अन्नपूर्ण सिमेन्ट,विजयकुमार कनौडियाले कपिलवस्तु शिवगढीमा अटल सिमेन्ट र शिवशंकर मिश्रले चितवनमा बज्र सिमेन्ट उद्योग स्थापनाका लागि उद्योग दर्ता गरेका छन्।


 
समग्रमा १६ अर्ब रुपैयाँ लगानी रहने सिमेन्ट उद्योगले एक हजार भन्दा बढीलार्इ प्रत्यक्ष रोजगारी दिने छन्। ओपिसी, पीपीसी, पिएससी र क्लिकंर उत्पादन गर्ने गरि उद्योग स्थापना हुने छन्।
 
आठ वटा उद्योगको १३ अर्ब रुपैयाँ स्थिर पूँजी रहेने ती उद्योगमा ३ अर्ब रुपैयाँ चालु पूँजी रहने छ।
 
६ लाख १२ हजार मेट्रिक टन ओपिसी सिमेन्ट, ८ लाख १६ हजार मेट्रिक टन पीपीसी सिमेन्ट र ३ लाख २७ हजार मेट्रिक टन पिएससी सिमेन्ट उत्पादन हुनेछ। त्यसका साथै ८ लाख ८० हजार मेट्रिक टन क्लिकंर पनि उत्पादन हुने छ।नेपालमा ३५ प्रतिशत क्लिकंर भारतबाट आयात गरेर सिमेन्ट उत्पादन गरिन्छ भने ६५ प्रतिशत नेपाली उद्योगलेनै उत्पादन गरिरहेका छन्। 

Tata
GBIME
Nepal Life