मोफसलमा पनि ठूला बस संचालन गर्न प्रतिस्पर्धा, वीरगंज –पथलैया रुटमा ठूला बस चल्न थाल्यो

बिजमाण्डू
२०७४ जेठ ६ गते १४:४२ | May 20, 2017
मोफसलमा पनि ठूला बस संचालन गर्न प्रतिस्पर्धा, वीरगंज –पथलैया रुटमा ठूला बस चल्न थाल्यो


वीरगंज।वीरगंज –पथलैया रुटमा शुक्रबारदेखि ठूला बस सिटी राइड संचालनमा आएको छ।

Tata
GBIME
Nepal Life

नारायणी यातायात व्यवासायी संघ मातहत रहेको सिटि राइड बस व्यवस्थापन उपसमिति वीरगंजले २८ सिट क्षमताका १२ वटा नयाँ सुपरफास्ट सिटिराइड बसहरु संचालनमा ल्याएको हो।नारायणी यातायात व्यवासायी संघका अध्यक्ष बद्री चौलागाइले नयाँ बस सेवाको शुभारम्भ गरे। वीरगंज– पथलैया रुटमा यसअघि १७ सिट क्षमताका ३१ वटा सिटिराइड बस संचालनमा थिए। समितिका संयोजक वीरेन्द्र पटेलले यात्रुहरुको सुविधाका लागि ठूला बस संचालनमा ल्याइएको बताए।
 

  कार्यक्रममा पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशी , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख रविन्द्र भट्ट , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , नारायणी यातायात व्यवसायी संघका क्षेत्रीय उपाध्यक्ष विनोद मानन्धर , सनराइज बैंकका प्रबन्धक सुजन पौडेल , ट्रान्सपोर्ट एशोसिएसनका अध्यक्ष बालकृष्ण पोखरेल लगायतको उपस्थिती थियो ।