रामेश्वर थापाको छयाङ्दी हार्इड्रोपावरको शेयर आउँदै, जेठ १४ गतेदेखि आवेेदन खुला




काठमाडौँ।छयाङ्दी हाईड्रोपावरले प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।कम्पनीले पाँच करोड ४० लाख रुपैयाँ बराबरको पाँच लाख ४० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो।
 
आगामी जेठ १४ गते देखि १८ गते सम्म शेयर निष्काशन हुनेछ।  छयाङ्दीले प्राथमिक शेयर निष्काशन ग्लोबल आईएमई क्यापिटल मार्फत गर्नेछ।
चार मेगावाट छ्याङ्दी खोला जलविद्युत आयोजना निर्माण गर्दैछ।अन्नपूर्ण समूहका रामेश्वर थापा कम्पनीका अध्यक्ष हुन्।कम्तीमा ५० कित्ता देखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ। 
 
छयाङ्दीको प्राथमिक शेयरमा आवेदन दिन चाहने साधारण लगानीकर्ताले ग्लोबल आइएमई बैंक, काठमाडौँ क्यापिटल, रिलायबल क्यापिटल एनसिएम मर्चेन्ट बैंक लगायत मुलुकभर आश्वा सेवा दिएका बैंकबाट दिन सकिने छ।कम्पनीले आयोजना प्रभावितलार्इ दुई लाख ७० हजार कित्ता शेयर निस्कासन गरिसकेको छ ।  लमजुङको फलेनी र वन्सार गाविसमा  दुई मेघावाटको आयोजना निर्माण गरेर राष्ट्रिय ग्रीडमा जोडिसकेको छ।
 
 
 

Share this Story

   

रामेश्वर थापाको छयाङ्दी हार्इड्रोपावरको शेयर आउँदै, जेठ १४ गतेदेखि आवेेदन खुला को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.