निलम्बनबाट फर्किएपछि प्रधानन्यायाधीश सुशीला कार्कीको पहिलो इजलास आज, यस्तो छ विषय




काठमाडौँ।वैशाख २२ गते चोलेन्द्रशमशेर जबराको अन्तरिम आदेशले प्रधान न्यायाधीश सुशीला कार्कीको निलम्बन फुकुवा गरेपछि आज पहिलो पटक उनले न्यायाधीश सपना प्रधान मल्लसहितको संयुक्त इजलासमा आफू बस्ने गरी तोकेकी छिन्। 
 

सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले वैशाख १७ गते महाभियोग प्रस्ताव दर्ता गरेपछि उनको पद निलम्बनमा परे पनि ६ दिनपछि फुकुवा भएपछि उनी नियमित काममा फर्केकी थिइन्। 
 
त्यसयता उनले अरु न्यायाधीशहरुको इजलास तोके पनि आफै इजलासमा बसेर मुद्दा हेर्ने काम भने गरेकी थिइनन्। 
 
आज भने चैत ७ गतेको पेशीमा न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सारदाप्रसाद घिमिरेले दिएको आदेशको 'साधसोध पेशी'मा उनले आफूसहितको इजलास तोकेकी हुन्। 
 
तर उनी मुद्दाको फैसला वा आदेश दिने इजलासमा बसेकी भने होइनन्। 
 
सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायका अनुसार यो इजलास विगतमा भएको आदेशको भाषा वा केही सामान्य गल्ती संशोधनका लागि बसेको हो। 
 
'संशोधनको इजलास हो, मुद्दा हेर्ने होइन', उपाध्यायले भने, 'मुद्दाको पेशी हेर्ने, छिन्ने होइन, मुद्दामा कहिले कसको के नाम नमिल्ने, के ठेगाना नमिल्ने हुन्छ नि! त्यसको 'इरर'हरु संशोधन गर्ने हो।'


Share this Story

   

निलम्बनबाट फर्किएपछि प्रधानन्यायाधीश सुशीला कार्कीको पहिलो इजलास आज, यस्तो छ विषय को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.