नेप्से अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त, शेयर बजारको विकास र सुशासन कायम राख्न पहल गर्ने




काठमाडौँ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन्।

विहिबारको मन्त्रिपरिषद् बैठकले न्यौपानेलार्इ अध्यक्षमा नियुक्त गरेको हो।उनको कार्यकाल चार वर्षको हुनेछ।अर्थमन्त्रालयका सहसचिव आनन्द ढकालले न्यौपानेले नेप्सेको अध्यक्षमा न्यौपाने नियुक्त भएको जानकारी दिए।उनले दिगो विकास विज्ञानमा अमेरिकाबाट स्नातकोत्तर गरेका हुन्।

नेप्से अध्यक्षको प्रतिस्पर्धामा ऋषिराम गौतम र डा. नारायण पौडेल थिए।रामजी रेग्मीले राजीनामा दिएपछि नेप्सेको अध्यक्ष पद खाली थियो।न्यौपाने राष्ट्रिय वाणिज्य बैंकका संचालक बनिसकेका छन्।उनले अर्थमन्त्रालयबाट पत्र लिइसकेका छन्।आइतबार उनले नेप्सेमा पदवहाली गर्नेछन्।न्यौपानेले वित्तिय क्षेत्रको अनुभव भएको बताउँदैनेप्सेको विकास र सुशासन कायम राख्न प्रतिवद्ध रहने बताए।
 


Share this Story

   

नेप्से अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त, शेयर बजारको विकास र सुशासन कायम राख्न पहल गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.