लक्ष्मी इन्टरकन्टिनेन्टलले जित्यो ‘रिजनल एक्सिलेन्स अवार्ड,’ कोरियामा प्रदान गरियो अवार्ड

बिजमाण्डू
२०७४ जेठ ५ गते ११:४५ | May 19, 2017
लक्ष्मी इन्टरकन्टिनेन्टलले जित्यो ‘रिजनल एक्सिलेन्स अवार्ड,’ कोरियामा प्रदान गरियो अवार्ड
काठमाडौं । हुन्डाइ मोटरको नेपाल स्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले सन् २०१६ को ‘रिजनल एक्सिलेन्स अवार्ड’ जितेको छ। 

Tata
GBIME
Nepal Life


 

हुन्डाइ मोटरको ‘ग्लोबल डिष्ट्रिब्युसन कन्भेन्सन’ को अवसरमा कोरियामा भेला भएका बिश्वभरका सहायक कम्पनी र बिक्रेताको उपस्थितीमा एसिया प्रशान्त क्षेत्रबाट लक्ष्मीले उक्त अवार्ड जितेको हो। लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरे। २७ देखि ३० बैशाखसम्म उक्त कन्भेन्सन आयोजना भएको थियो। 


 

हुन्डाइले ५० बर्ष पुरा गरेको अवसर पारेर आयोजना गरिकएको सम्मेलनमा १३२ मुलुकबाट २८४ सहभागि थिए। ‘फिप्टी इयर्स एन्ड मोर’ नाराका साथ आयोजना भएको सम्मेलनमा कम्पनीका तर्फबाट ५० बर्षको अनुभव र भावी योजना ‘शेयर’ गरिएको थियो। ‘सिइओ कन्फरेन्स’को अवसरमा हुन्डाइ मोटरले ‘टप टायर अटोमोटिभ ब्रान्ड’ बन्ने भिजन प्रस्तुत गरेको थियो। त्यसका लागि विश्वभरका उपभोक्तालाई ‘हाइ भ्यालु’ सेवा दिने जनाएको छ।