बैंकलाई ब्रोकरको काम गर्न दिने बारे राष्ट्र बैंकको अध्ययन, चाँडै निर्णय गर्दै केन्द्रीय बैंक

बिजमाण्डू
२०७४ जेठ ५ गते ०९:२६ | May 19, 2017
बैंकलाई ब्रोकरको काम गर्न दिने बारे राष्ट्र बैंकको अध्ययन, चाँडै निर्णय गर्दै केन्द्रीय बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई सेयर ब्रोकरको समेत काम गर्ने बारे अध्ययन सुरु गरेको छ। यसका लागि केन्द्रीय बैंकले  पूँजी बजारको नियामक निकाय धितोपत्र वोर्डसँग आवश्यक सुझावसमेत मागेको छ।
 
कार्यदलले प्रतिवेदन तयार पारिसकेको छ। केही दिनमै सुझावसहित प्रतिवेदन पेश गर्ने छ। प्रतिवेदनले दिएको सुझाव अनुसार बैंकलाई समेत लाइसेन्स दिने बारे आवश्यक निर्णय गर्ने छौं। 
बैंकलाई ब्रोकर लाइसेन्स बारे वोर्डले भर्खरै राष्ट्र बैंकलाई सुझाव पठाइसकेको छ। केन्द्रीय बैंकले नियमन विभाग अन्तर्गत गत चैतमा बैंकलाई ब्रोकर लाइसेन्स दिने बारे अध्ययन गर्न कार्यदल बनाएको थियो।
 
'कार्यदलले प्रतिवेदन तयार पारिसकेको छ। केही दिनमै सुझावसहित प्रतिवेदन पेश गर्ने छ' राष्ट्र बैंक नियमन विभाग प्रमुख नारायण पौडेलले बिजमाण्डूसँग भने, 'प्रतिवेदनले दिएको सुझाव अनुसार बैंकलाई समेत लाइसेन्स दिने बारे आवश्यक निर्णय गर्ने छौं।'
 
राष्ट्र बैंकका प्रवक्तासमेत रहेका पौडेलले बजारमा बैंकलाई समेत ब्रोकर लाइसेन्स दिने बारे कुरा उठेपछि अध्ययन गर्न कार्यदल बनाइएको हो। नयाँ ऐनले सहायक कम्पनीमार्फत बैंकहरुले आफ्नो वित्तीय सेवा फराकिलो पार्न अवशर दिएको छ। त्यसैलाई टेक्दै राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत सेयर ब्रोकरको काम गर्न दिँदा के हुन्छ भनेर अध्ययन गरेको हो।
 
नेपाल राष्ट्र बैंकले धितोपत्र वोर्डसँग बाणिज्य बैंकहरुलाई सेयर ब्रोकर लाइसेन्सका बारेमा अन्तर्राष्ट्रिय अभ्यास के कस्तो छ, नेपालमा के गर्न सकिन्छ भनेर सुझाव मागेको थियो। 'हामीले बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकरको काम गर्नका लागि लाइसेन्स दिन सकिने सुझाब दिएका छौं,' धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले भने।
 
धितोपत्र सम्बन्धि ऐन-२०६३ लेसमेत ब्रोकर लाइसेन्सका बारेमा रोक नलगाएको, बैंक वित्तीय संस्था सम्बध ऐनले समेत नछेकेको र हालै संसोधन भएर आएको धितोपत्र ब्यवसाय तथा बजार निर्माता सम्बन्धि निर्देशिकामा समेत स्पष्ट रुपमा बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको काम गर्न दिन सकिने ब्यबस्था रहेको खुलाउदै बोर्डले राष्ट्र बैंकलाई सकारात्मक जवाफ पठाएको हो। 
 
धितोपत्र वोर्डको अध्यक्षमा डा. रेवतवहादुर कार्की नियुक्त भएपछि उनले बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिनु पर्ने बताउँदै आएका थिए। राष्ट्र बैंकले एक कदम अगाडि सरेर ब्रोकर लाइसेन्स बारे अध्ययन गर्ने कार्यदल नै बनाएपछि वोर्डले सकारात्मक जवाफ पठाएको हो।
 
बोर्डले शेयर बजारलाई फराकिलो पार्दै दूरदराजको क्षेत्रमा पहुँच विस्तार गर्नसमेत बैंकलाई लाइसेन्स दिनु पर्ने सुझावमा उल्लेख गरेको छ। 
 
बोर्डका निर्देशक डा. नवराज अधिकारीले राष्ट्र बैंकलाई अन्तर्राष्ट्रिय अभ्यासका बारेमासमेत जानकारी गराइएको बताए। 

Tata
GBIME
Nepal Life