ठूला बस थप्न नेपाल यातायात पनि भयो बाध्य, पुरानै रुटमा थपिए चार नयाँ बस




काठमाडौं । अरु कम्पनीले ठूला आकारका बस भित्र्याउन थालेपछि नेपाल यातायात पनि ठूला बस थप्न बाध्य भएको छ। 
 
विगत १७ बर्षदेखि राजधानीका चार रुटमा १८ सिटको मिनीबस गुडाउँदै आएको नेपाल यातायातले बिहीबार देखि चार ठूला बस सञ्चालनमा ल्याएको हो। 


 
थपिएका नयाँ बसमा ड्राइभर सहित ३६ सिट छन्। बस भित्र फराकिलो ‘स्पेस’ र ‘ह्याङगर स्ट्रयाप’ का कारण उभिएर यात्रा गर्न समेत सहज हुने कम्पनीका सचिव गोपालचन्द्र गुरुङले जानकारी दिए। नयाँ बस नेपाल यातायातको पुरानै रङमा उपलब्ध छन्। 
 
२०७४ को सुरुमै नयाँ बस भित्र्याउने लक्ष लिएकोमा प्राविधिक कारणले ढिलाइ भएको गुरुङले बताए। थपिएका बस नेपाल यातायातको गोपीकृष्णबाट-टिचिङ-पुतलीसडक-बालकुमारी रुटमा चल्नेछन्।
 
नेपाल यातायातले यो रुट बाहेक चक्रपथ परिक्रमा, पेप्सीकोलाबाट कालिमाटी-जावलाखेल पेप्सिकोला एवं गोठाटारबाट घण्टाघर-पुरानो बसपार्क हुँदै गोठाटारका लागि १४८ मिनिबस चलाउँदै आएको छ।
 

Share this Story

   

ठूला बस थप्न नेपाल यातायात पनि भयो बाध्य, पुरानै रुटमा थपिए चार नयाँ बस को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.