नेपालमा एप्पल आइफोनको मूल्य घट्यो, आइफोन सेभेनको मूल्य ८६ हजार रुपैयाँदेखि सुरु




काठमाडौं। नेपालमा एप्पल आइफोनको मूल्य घटेको छ।



एप्पलको नेपालको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोनको मूल्य घटाएको हो।कम्पनीका अनुसार आइफोन सेभेन ३२ जीबीको ब्ल्याकको मूल्य ८६ हजारमा झरेको छ।कम्पनीका अनुसार आइफोन सेभेन १ सय २८ जीबी गोल्ड,रोज गोल्ड,ब्ल्याक,जेट ब्ल्याक र रेडको मूल्य ९९ हजार ८ सय रुपैयाँमा झरेको छ।

कम्पनीले आइफोन सेभेनआइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य १ लाख १२ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको मूल्य १ लाख ५ हजार रुपैयाँ तोकिएको छ।

आइफोन सेभेन प्लस १२८जीबीको मूल्य १ लाख १९ हजार रुपैयाँ तोकेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य १ लाख ३२ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य ६८ हजार रुपैयाँ, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य ७८ हजार रुपैयाँ, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य ५२ हजार ५ सय रुपैयाँ तोकेको छ।आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य रुपैयाँ तोकेको कम्पनीले जनायो। कम्पनीका अनुसार आइप्याड प्रो ९.७ स्मार्ट की बोर्डसहितको मूल्य १७ हजार ५ सय रुपैयाँ तोकिएको छ। 


Share this Story

   

नेपालमा एप्पल आइफोनको मूल्य घट्यो, आइफोन सेभेनको मूल्य ८६ हजार रुपैयाँदेखि सुरु को लागी १ प्रतिक्रिया(हरु)

Raj Kumar Gurung[ May 27, 2017 - 01:04 pm ]
how much does Iphone 6 s + cost?

   हालसम्म ८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.