एनआइसी बैंकले एकै पटक खोल्यो नौं शाखा, अब देशभर बैंकका शाखा सञ्जाल १०७ पुग्यो




काठमाडौं। एनआईसी एशिया बैंकले एकै पटक नौं ठाउँमा शाखा खोलेको छ। अब बैंकको शाखा संख्या १०७ पुगेको छ। 
 
बैंकको सौफर्साटिकरस्थित शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले गरेका छन्।

धकधई स्थित शाखा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद शर्मा, भुमहीको भिमबहादुर थापा (भरत), बाँसगढीको नेपाल राष्ट्र बैंक  नेपालगंज कार्यालयका निर्देशक गुरुप्रसाद पौडेलले उद्घाटन गरेका छन्। 
 
यसैगरी पर्सा शाखाको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले,  टाँडीको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुराल, दुलेगौडाको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित,  हाकिम चोकको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले उद्घाटन गरेका छन्। 


Share this Story

   

एनआइसी बैंकले एकै पटक खोल्यो नौं शाखा, अब देशभर बैंकका शाखा सञ्जाल १०७ पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.