काठमाडौं। भारतको बम्बइ स्टक एक्सचेञ्ज (बिएसइ) मा बसेको साउथ एसिया फेडेरेशन अफ एक्सचेञ्ज (सेफ) को १३औं साधारणसभाले कार्यकारी वोर्डमा मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेस सुरेन्द्रन उपाध्यक्ष चुनिएका छन्।
सुरेन्द्रन यसअघि बोर्डको सदस्य थिए। बिएसईका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशीषकुमार चौहान अध्यक्ष चुनिएका छन्। कोलम्बो स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत राजिभ बन्दरानाईके र ढाका स्टक एक्सचेञ्जका प्रवन्ध निर्देशक केएएम मजेदुर रहमान वरिष्ठ उपाध्यक्षमा चुनिएका छन्।
अन्य आठ जना सदस्यहरु पनि चयन भएका छन्। सेफ दक्षिण एसियाको धितोपत्र तथा पूँजी बजारसँग सम्बन्धित २८ संघ–संस्थाहरुको छाता संगठन हो। नेपालबाट मेक्स नेपाल र नेपाल स्टक एक्सचेञ्जले सेफको सदस्यता लिएका छन्।
सेफले दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भूटान, माल्दिभ्स, श्रीलंका लगायत मोरिसियस् र यूएइमा पूँजी तथा धितोपत्र बजारको विकास र प्रर्वधनको लागि काम गर्छ।