वीरगञ्जमा हरियो तरकारी सस्तियो, विहारबाट तरकारी आएपछि बोडीको मूल्य किलोको १५ रुपैयाँ मात्रै


वीरगंज।वीरगंज क्षेत्रमा केही दिनयता हरियो तरकारीको भाउ एकदमै सस्तो भएको छ ।असोज,मंसिर, पुसको तुलनामा अहिले सबै ताजा हरियो तरकारीको मूल्य घटेको छ। तरकारीको मूल्य घटेपछि आम सर्वसाधरण उपभोक्तालार्इ राहत भएको छ।
 
बारा, पर्सा र बिहार क्षेत्रबाट पर्याप्त मात्रामा हरियो तरकारी आउन थालेपछि वीरगंज आसपासको खुद्रा तथा थोक बजारमा हरियो तरकारीको मूल्य घटेको हो।खुद्रा तथा थोक तरकारी व्यवसायी संघ, परवानीपुर बाराका अध्यक्ष मुकेश रौनियारका अनुसार परवानीपुर बजारमा अहिले आलु किलोको २० रुपैयाँ, प्याज ३० रुपैयाँमा,बोडी १५ रुपैयाँमा,करेला ४० रुपैयाँमा,भण्टा २० रुपैयाँमा,परवल ४० रुपैयाँमा, घिरौला ३० रुपैयाँमा र लौका २० रुपैयाँमा बिक्री भइरहेको छ।

हरियो साग प्रति मुठ्ठा पाँच रुपैयाँदेखि १० रुपैयाँमा बिक्री भइरहेको उनले बताए।निर्वाचनका कारण राजधानीमा तरकारी जान नसक्दा पनि मूल्य केही घटेको हो।
 


Share this Story

   

वीरगञ्जमा हरियो तरकारी सस्तियो, विहारबाट तरकारी आएपछि बोडीको मूल्य किलोको १५ रुपैयाँ मात्रै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.