बजार भाउ फेरि बढ्न थाल्यो, राष्ट्र बैंकले भन्यो- खाद्यान्न अझै बढिसकेको छैन, सस्तो काठमाडौं




काठमाडौं। मूल्यबृद्धि दर फेरि उकालो लाग्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको विवरण अनुसार फागुनभन्दा चैतमा मूल्यबृद्धि बढेको उल्लेख गरेको छ।

फागुनमा २.९ प्रतिशत रहेको मूल्यबृद्धि दर चैतमा ३.८ प्रतिशत पुगेको छ। यद्यपी राष्ट्र बैंकले राखेको लक्ष्यभन्दा भने मूल्यबृद्धि दर कमै छ। अझै पनि खाद्यान्नको भाउ उकालो लागिनसकेका कारण मूल्यबृद्धि दर नियन्त्रणभित्रै रहेको राष्ट्र बैंकको प्रष्टीकरण छ।
 
चैतसम्म सबैभन्दा बढि मूल्यबृद्धिको मार पहाडी क्षेत्रले भोग्नु परेको छ। पहाडको भाउ ५.६ प्रतिशतले बढेको छ। तराई ३.४ प्रतिशत, हिमाल २.८ प्रतिशत, काठमाडौं उपत्यकाको भाउ २.७ प्रतिशतले बढेको छ। गत बर्षको चैतमा भने सबैतिरको भाउ निक्कै माथि थियो।

Share this Story

   

बजार भाउ फेरि बढ्न थाल्यो, राष्ट्र बैंकले भन्यो- खाद्यान्न अझै बढिसकेको छैन, सस्तो काठमाडौं को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.