नयाँ बिमा लाइसेन्समा कम्पनीलाई भन्दा अर्थमन्त्रीलाई हतारो, क्याबिनेटले फाइल फिर्ता गर्यो

बिजमाण्डू
२०७४ बैशाख ३० गते १३:१५ | May 13, 2017
नयाँ बिमा लाइसेन्समा कम्पनीलाई भन्दा अर्थमन्त्रीलाई हतारो, क्याबिनेटले फाइल फिर्ता गर्यो


काठमाडौं। १२ वटा जीवन बिमा कम्पनीलाई लाइसेन्स दिन अर्थमन्त्री कृष्णवहादुर महराले मन्त्री परिषद् वैठकमा लगेको फाइल फिर्ता भएको छ। अर्थमन्त्री महराले सरकार छाड्नु अघि नै लाइसेन्स दिन हतारो गर्दै फाइल मन्त्री परिषद्मा लगेका थिए।
 
'औचित्य हेरी मन्त्रालयलेनै आवश्यक निर्णय गर्ने गरी नयाँ जीवन बीमा कम्पनीको लाइसेन्स दिने प्रस्ताव फिर्ता गरिएको हो,' विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले भने।
 
अर्थमन्त्री महराले जेठ ७ गते अगाडि नै प्रस्तावित बीमा कम्पनीहरुलाई लाइसेन्स दिने योजना बनाएका थिए। त्यही योजना अनुसार उनले प्रस्ताव क्याबिनेट लगेका थिए। 
 
१० बर्षपछि बाड्न लागिएको नयाँ बीमाको लाइसेन्समा कम्पनीहरुलाई भन्दा हतारो महरालाई भएको छ। 
 
जीवन बीमातर्फ आइएमइ, सानिमा, सिटिजन्स, रिलायवल, रिलायन्स, सनलाइफ, स्टार, महालक्ष्मी, ज्योती, युनियन लाइफ इन्स्योरेन्सलगायतले सञ्चालन स्वीकृतिका लागि आवेदन दिएका छन्।गैरजीवन बीमातर्फत चारवटाले आवेदन दिएका छन्। 
 
बिमक ऐन अनुसार जीवन बीमालाई मन्त्रालय र गैरजीवनलाई बीमा समितिले लाइसेन्स दिने व्यवस्था छ। गैरजीवन बीमालाई लाइसेन्स दिन समितिले अध्ययन गरिरहेको छ।

Tata
GBIME
Nepal Life