ब्याज दरको जोखिम व्यवस्थापन कसरी गर्ने? स्ट्यान्डर्ड चार्टर्ड बैंकका आदर्श बजगाईँको लेख




सहभागिता, आकार र प्रविधिका दृष्टिले नेपाल स्टक एक्सचेञ्जले ऐतिहासिक फड्को मारिसकेको छ। बजार पूँजीकरण करिब १७ अर्ब अमेरिकी डलर बराबर पुगिसकेको छ, जुन कुल गार्हस्थ उत्पादनको  ८० प्रतिशत हुन आउँछ। जसले बजारको भावी गति र उचाइ अझ प्रभावकारी हुने संकेत दिन्छ। 
 
अझ महत्वपुर्ण, सबल र तरल आन्तरिक डेब्ट बजार बैंक कर्जाको परिपुरक मात्र हुँदैन यसले मुद्राको सम्भावित असन्तुलनलाई समेत परिपूर्ति गर्छ। साथसाथै दीगो अवधिको उपकरणले परिपक्वताका कारण सिर्जना हुने जोखिमलाई पनि धेरै हदसम्म घटाइ दिनेछ।
---

शेयर बजारको विकासका लागि सरकारले सार्थक प्रयास सम्पन्न गरिसकेको अवस्थामा अब नयाँ यात्रा तय गर्ने बेला आएको छ। त्यो हो ऋणपत्र (डेब्ट) मा आधारित पूँजी बजारको प्रवर्धन, जसले मुलुकको आर्थिक विकासका लागि आवश्यक ठूलो परिमाणको पूँजीको सहज र व्यवस्थित उपलब्धता सुनिश्चित गरोस्।
Sipradee
 
डेब्ट बजार वित्तीय रुपले शेयर बजारभन्दा सुरक्षित हुन्छ। ऋणपत्रहरुमार्फत वित्तीय संस्थाले सस्तो लागतमा दीर्घकालसम्मका लागि मनग्गे पूँजी जोहो गर्न सक्छन्। जसबाट लगानीकर्तालाई पनि तुलनात्मक सस्तो वित्तीय सुविधा उपलब्ध हुनेछ। 
 
बिकसित डेब्ट बजारले अन्तर बैंक मुद्रा कारोबारलाई समेत विस्तारित र स्थायित्व दिन ठूलो मद्दत गर्छ। किनभने त्यहाँ लगानीकर्ता, मध्यस्थकर्ता एवं गैरबैंकिङ वित्तीय संस्थाहरुको पनि वृहत्तर सहभागिता रहेको हुन्छ। नेपालको सन्दर्भमा कर्मचारी सञ्चय कोष, बीमा कम्पनी, अन्य पेन्सन योजना, म्युचुअल फण्डेलाई उक्त छाताभित्र समेट्न सकिन्छ। यी नयाँ लगानीकर्तासँग दीगो अवधिको ‘फण्ड’ उपलब्ध छ। जसले छिटो छिटो परिपक्व हुने पूँजी असन्तुलनको खाडललाई समेत पुर्न सक्छन्।
 
सकृय ‘डेब्ट’ बजारबाट उपलब्ध हुने लामो अवधिको सुरक्षण एवं उपकरणले वित्तीय मध्यस्थकर्ताका लागि सम्पत्ति र दायित्वको सन्तुलन मिलाउनसमेत महत्वपुर्ण सहयोग गर्छ। भरपर्दो ‘डेब्ट’ बजार विकास हुन सक्यो भने वित्तीय संस्थाले दोहोरो लाभ लिन सक्छन्। एक, यसले संस्थागत जोखिम विविधीकरणमा सघाउ पुग्छ भने अर्को उच्च गुणस्तरका दिर्घकालिन कर्जा (सम्पत्ति) विस्तार गर्न सकिन्छ।
 
‘डेब्ट’ उपकरणहरुले प्राथमिक र दोस्रो बजार दुबैलाई तरलता व्यवस्थापनमा महत्वपूर्ण सघाउ पुर्याउँछन्। माग र आपूर्तिको असन्तुलन हटाइ बजारलाई उचित बिन्दुमा टिकाउन र अनावश्यक मूल्य उतारचढावको भूमरीमा बजार फस्न नदिन पनि डेब्ट कारोबारको योगदान रहन्छ। अन्ततोगत्वा बजारका अन्य उपकरणले समेत वास्तविक मूल्य पाउनेछन्। त्यस कारण अन्य वित्तीय उपकरणको पनि  स्वाभाविक र उचित मूल्य तय हुन्छ। 
 
निक्षेपमा आधारित भएर कर्जा प्रवाह गर्नु परम्परागत बैंकिङको आधारभूत व्यवसाय हो। जहाँ निक्षेपको तुलनामा कर्जाको परिपक्व हुने औषत अवधि लामो हुन्छ। चाहिने वित्तिकै कर्जालाई तरल बनाउन या नगदमा रुपान्तरण (बिक्री) गर्न पनि सहज छैन। तर, बचतकर्ताले चाहेको बेला निक्षेप फिर्ता गर्दिन भन्न पाइँदैन। त्यसैले जब निक्षेपकर्ता आफुले राखेको पैसा फिर्ता लिन आउने क्रम बढ्छ धेरैजसो बैंकले तरलता जोखिम वहन गर्नु परेको छ। 
 
कुनै समय नियन्त्रित नियमनकारी व्यवस्था एवं बैंकिङ क्षेत्रको प्रणालीगत समस्याका कारण बचतकर्तासँग रहेको पैसा लगानीकर्ता समक्ष प्रवाह हुन समेत अवरोध पुर्याइरहेको हुन्छ। डेब्ट उपकरणको बृहत प्रयोगले बैंकको व्यालेन्सिटमा उत्पन्न हुने कर्जा जोखिमलाई समेत न्युन गरेर वित्तीय स्थायित्वलाई बल पुग्न सक्छ।
 
डेब्ट बजारले बैंकलाई आम्दानी निश्चित भएका धेरै ‘प्रडक्ट’ हरुमा लगानीको अवसर प्रदान गर्छ। साथसाथै बिभिन्न ऋणपत्र, कमर्सियल पेपर, नोटहरु जारी गरि नगद परिचालनको मौका समेत बैंकलाई प्राप्त हुन्छ। साथै बचतकर्ताकाले पनि बैंक तथा वित्तीय संस्थाबाट जारी सम्पत्ति व्यवस्थापन लगायत लगानीका विविध विकल्पमा सहभागी हुन पाउनेछन्। 
 
गैरनिक्षेप माध्यममा आधारित कर्जा प्रवाह गर्न पाउँदा साना आकारका वित्तीय संस्थाहरुले पनि धेरै लचकता पाउँछन्। सिमित निक्षेप आधारका कारण झेलिरहेको समस्याबाट मुक्ति पाउँदा उनीहरुका लागि ठूलो राहत हुन्छ। 
 
गैरनिक्षेप माध्यममा आधारित कर्जा प्रवाह गर्न पाउँदा साना आकारका वित्तीय संस्थाहरुले पनि धेरै लचकता पाउँछन्। सिमित निक्षेप आधारका कारण झेलिरहेको समस्याबाट मुक्ति पाउँदा उनीहरुका लागि ठूलो राहत हुन्छ।
---
वित्तीय बजार थप बृहत बन्दै जाँदा साना ठूला सबै आकारका बैंकलाई नयाँ चुनौती थपिनेछ। लगानीका अवसरहरु बढेको अनुपातमा व्यवस्थापकीय क्षमता पनि थप प्रभावकारी बन्नु पर्ने हुन्छ। पर्याप्त ‘फण्डिङ’ (स्रोत) ‍को उपलब्धताले बैंक तथा वित्तीय संस्थाले बैंकिङ व्यवसाय कसरी गर्ने एवं तुलनात्मक लाभलाई कसरी पहिचान गर्ने भन्ने दृष्टकोण तय गर्न सक्छन्।
 
डेब्ट बजार प्रबर्धनको लागि नेपालमा कैयौं ‘इस्यु’ सुल्झाउनु पर्ने हुन्छ। उदाहरणका लागि कर, ब्रोकर कमिसन, प्रकृयागत झैझमेला, पुर्वाधारको कमी, दोस्रो बजारमा सरकारी ऋणपत्रको कारोबार नहुने लगायतका प्रश्न अहिले पनि अनुत्तरित छन्। 
 
आन्तरिक डेब्ट उपकरणको अभावमा लगानीकर्तासँग बैंक कर्जामा मात्र पूर्ण भर पर्नु बाध्यता छ। त्यस्तै बैंकहरु स्रोतको रुपमा ग्राहकको निक्षेपमा मात्र निर्भर छन्। यही कारण मुद्रा बजारको जोखिम उच्च भएको छ। बैंक तथा वित्तीय संस्थाको तरलता प्रणालीमा आउने तीब्र उतारचढावको मुख्य कारण पनि यही हो। त्यहि कारण निक्षेप र कर्जा दुबैको ब्याजदर पनि छिटो छिटो घटबढ भइरहेको छ। 
 
अहिले बैंकहरुमा देखिएको निक्षेप तान्ने प्रतिश्पर्धाले असिमित आकार लिने लक्षण देखिएपछि ब्याजदरको माथिल्लो सीमानै तोक्नु पर्ने अवस्था सिर्जना भयो। यसले ब्याजदर बजारमा ठूलो हलचल ल्याएको छ र महङ्गो दरको कर्जा बढिरहेको छ। 
 
 
ब्याजदरमा दीर्घकालिन स्थायित्वका लागि प्राथमिक र दोस्रो दुबै डेब्ट बजारमा सरकारी ऋणपत्र, कर्पोरेट बोन्ड्स, कमर्सियल पेपर्स, नोट्सहरुको नियमित कारोबार पुर्व सर्त हो। सकृय डेब्ट बजारले मार्केट डेफ्थ, बेञ्चमार्क, पारदर्शिता एवं बजारमा सहभागीलाई ब्याजदरको जोखिम व्यवस्थापनमा महत्वपुर्ण सघाउ पुर्याउँछ। 
 
विदेशी मुद्राको जोखिम न्युनीकरण (हेजिङ) उपकरण नहुँदा विदेशी लगानी नेपाल भित्रिन अवरोध पुगेको छ। जोखिम झेलेर कुनै विदेशीले लगानी गरेमा उसले नेपाली मुद्रामा प्रतिफल पाउँछ। उक्त प्रतिफल मुनाफाको रुपमा आफ्नो देश लैजान उसले विदेशी मुद्रा सटही सुविधा लिँदा अर्को विनिमय जोखिम व्यहोर्नु पर्ने अवस्था छ। 
 
यस्तोमा मुलुकको पूर्वाधार विकासका लागि अत्यावश्यक बृहत्तर लगानी जुटाउन आन्तरिक डेब्ट बजारका उपकरणको प्रवर्द्धनबिना सम्भव छैन।  डेब्ट बजारको तिब्र विस्तार हुन सकेको खण्डमा विदेशी लगानीको अपरिहार्यता क्रमशः कम हुँदै जानेछ।
 
अझ महत्वपुर्ण, सबल र तरल आन्तरिक डेब्ट बजार बैंक कर्जाको परिपुरक मात्र हुँदैन यसले मुद्राको सम्भावित असन्तुलनलाई समेत परिपूर्ति गर्छ। साथसाथै दीगो अवधिको उपकरणले परिपक्वताका कारण सिर्जना हुने जोखिमलाई पनि धेरै हदसम्म घटाइ दिनेछ।
 
त्यसैले अब नियामक निकायको सोच बदलिन जरुरी छ। बैंक तथा बित्तीय संस्थालाई परम्परागत शैलीको निक्षेप-कर्जा विजनेशभन्दा दिगो र बृहत्तर बित्तीय कारोबारका लागि प्रोत्साहन गर्न अब ढिला गर्नु हुँदैन।
 
बजगाईँ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका वित्तीय बजार प्रमुख हुन्। 

Share this Story

   

ब्याज दरको जोखिम व्यवस्थापन कसरी गर्ने? स्ट्यान्डर्ड चार्टर्ड बैंकका आदर्श बजगाईँको लेख को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.