नो हर्नपछि राजधानीमा नयाँ व्यवस्था : जथाभावी बाटो काटे २ सय जरिवाना, नहुने नियन्त्रणमा

बिजमाण्डू
२०७४ बैशाख १५ गते १६:५७ | Apr 28, 2017
काठमाडौँ । राजधानीमा नो हर्न व्यवस्था लागू भएको एक महिनापछि जेठ १ गतेदेखि जथाभावी बाटो काट्ने पैदल यात्रुलाई जरिवाना गर्ने कडा व्यवस्था लागू हुँदैछ। 
 
जेठको पहिलो हप्ताबाट जथाभावी बाटो काटेमा पैदल यात्रीलाई रू २०० जरिवाना गरिने र जरिवाना तिर्न पैसा नभए केही समय प्रहरीको नियन्त्रणमा राख्ने महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक मिङमार लामाले बताए। 


 
उनले भने, 'दुर्घटना भई मृत्यु हुनेमा ४० प्रतिशत पैदल यात्रु भएकाले त्यसलाई न्यूनिकरण गर्न नो हर्न र पैदल यात्रीलाई फुटपाथबाट हिँडाउने वा आकाशे पुलबाट बाटो काट्न सचेत गराउन यो नियम ल्याएका हौँ।' 
 
वैशाख १ गतेबाट लागू भएको नो हर्नलाई अटेर गर्ने २ हजार भन्दा बढीलाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ। 
 
महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त डिआइजी बमबहादुर भण्डारीले उपत्यकाको बढ्दो ध्वनि प्रदूषण, दुर्घटना न्युनिकरणको लागि महानगरीय ट्राफिक महाशाखा र कामनपाको प्रयासलाई सबैले सहयोग गरे मात्र सफल हुने बताए। 
 
उनले भने, 'सडकको नियम पालनाले जीवनलाई सुरक्षित गर्ने मात्र नभई उपत्यकाको सभ्यता र पहिचान पनि झल्काउँछ।' उपत्यकाका सडकमा अहिले ११ लाख सवारी साधन गुड्छन्। 

Tata
GBIME
Nepal Life