५% ब्याजमा पाइने कृषि कर्जामा पाँच अर्ब ९४ करोड गयो, भुकम्प पीडीतको घरमा भने गएन

बिजमाण्डू
२०७४ बैशाख १५ गते १२:०३ | Apr 28, 2017
५% ब्याजमा पाइने कृषि कर्जामा पाँच अर्ब ९४ करोड गयो, भुकम्प पीडीतको घरमा भने गएन
काठमाडौं। पाँच प्रतिशत ब्याजमा पाइने कृषि कर्जा पाँच अर्ब ९४ करोड रुपैयाँ प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले कृषि कर्जामा सरकारले १३ करोड ९२ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको बताए।


 
पछिल्लो समय व्यवसायिक खेतीका लागि सरकारले ल्याएको कृषि कर्जा स्किममा सर्वसाधारण आकर्षिक हुन थालेका छन्। १० प्रतिशत ब्याजको यो कर्जामा पाँच प्रतिशत ब्याज सरकाले तिर्दिने भएकाले उपभोक्तालाई पाँच प्रतिशतको मात्र भार पर्छ।
 
यद्यपी राष्ट्र बैंकले भुकम्प पीडितका लागि ल्याएको सस्तो ब्याजको आवास कर्जा भने जान सकेको छैन। राष्ट्र बैकले शुन्य प्रतिशतमा बैकहरुलाई पैसा उपलब्ध गराएर बैंकले दुई प्रतिशत ब्याजमा सर्वसाधारणमा दिने योजना थियो।
 
राष्ट्र बैंकले काठमाडौंमा २५ लाख र मोफसलमा १५ लाख रुपैयाँसम्म ऋण दिने स्किम ल्याएको थियो। यो स्किममा अहिलेसम्म ६१ करोड २३ लाख २५ हजार रुपैयाँ मात्र ऋण गएको छ।
 
राष्ट्र बैंकले साधारण पुनर्कर्जा नौं अर्ब ३९ करोड रुपैयाँ दिएको छ भने निर्यात पुनर्कर्जा एक अर्ब ७५ करोड रुपैयाँ दिएको  गभर्नरले जानकारी दिए।

Tata
GBIME
Nepal Life