झिनो अंकको बृद्धि सहित यो साताका लागि शेयर बजार बन्द, कारोबार रकम फेरि अर्ब माथि पुग्यो

बिजमाण्डू
२०७४ बैशाख १४ गते १५:३४ | Apr 27, 2017
काठमाडौँ । साताको अन्तिम दिन झिनो अंकको वृद्धिसँगै यो साताका लागि शेयर कारोबार रोकिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक ०.३२ अंकले बढेर १६७०.६२ अंकमा उक्लिएको हो। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५९ अंकले घटेर ३५७.२१ अंकमा ओर्लिएको छ।
 
बिहीबार १४३ कम्पनीका १४ लाख ३१ हजार कित्ता शेयर एक अर्ब आठ करोडमा रुपैयाँमा खरीद बिक्री भएका छन्। सबैभन्दा बढी सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर खरीद बिक्रि भयो। पाँच करोड ८२ लाख रुपैयाँको शेयर किनबेच हुँदा कारोबार रकमका आधारमा सिद्धार्थ पहिलो स्थानमा रहेको हो। कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो भएको छ। कम्पनीको पाँच करोड तिन लाख रुपैयाँको शेयर खरीद बिक्रि भएको हो ।
 
बिहीबार आठ समुहको कारोबार भएकोमा पाँच उपसूचक बढेका छन्। दुई समूह घटे भने एउटा स्थिर देखिएको छ। बैंकिङ ५.७९ र अन्य ४.९१ अंक उपसूचक घटेका छन्। होटल ६६.५३, विकास बैंक ६.०५, जलबिद्युत १४.७६, फाइनान्स ६.२८, इन्स्योरेन्स ६९.८ अंकले घटेका छन्।
 
नेपाल धितोपत्र बोर्डले हकप्रद निस्कासन अनुमति दिए संगै एनबी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। आज सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयर धनीले करिब पाँच प्रतिशत गुमाएका छन्।               
 

Tata
GBIME
Nepal Life