६२ औँ बार्षिकोत्सवमा राष्ट्र बैंकको निर्णय- बर्षेनी पूर्व गभर्नरको सम्मान, कर्पोरेट रङ छानियो

बिजमाण्डू
२०७४ बैशाख १४ गते १५:२३ | Apr 27, 2017
काठमाडौं । नेपाल बर्षेनी एक जना पूर्व गभर्नरलाई सम्मान गर्ने भएको छ। ६२ औँ बार्षिकोत्सवको अवसर पारेर केन्द्रिय बैंकले यस्तो निर्णय गरेको हो। 

Tata
GBIME
Nepal Life

यो निर्णयसँगै पहिलो पटक पुर्व गभर्नर भेषबहादुर थापालाई सम्मान गरिएको छ। अहिले बालुवाटार स्थित राष्ट्र बैंक प्राङ्गणमा जारी बार्षिकोत्सव समारोहमा उनको सम्मान गरिएको हो।
 

यस्तै राष्ट्र बैंकले आफ्नो कर्पोरेट रङको रुपमा रामतिलकलाई प्रयोग गर्ने भएको छ। सबै तिर त्यही रङ चलाउने निर्णय भएको हो। 
 
साथै आफ्नो कर्पोरेट छाप पनि एउटै बनाउने र सबै तिर त्यही चलाउने उल्लेख गरिएको छ। केन्द्रिय बैंकको सबै शाखा एवं कार्यालयमा लेटर हेड, स्ट्याम्प प्याड र भिजिटिङ कार्ड एउटै हुने जनाइएको छ।