नौं महिनामै प्रभु बैंकले नाफा ९० प्रतिशतले बृद्धि, चैतसम्मको नाफा एक अर्ब ४४ करोड रुपैयाँ

बिजमाण्डू
२०७४ बैशाख १४ गते ११:२२ | Apr 27, 2017
काठमाडौं। प्रभू बैंकले चैत मसान्तसम्म एक अर्ब ४४ करोड रुपैयाँ मुनाफा गरेको छ। बैंकले अघिल्लो बर्षको चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ मुनाफा गरेको थियो। 
 
बैंकले चैत मसान्तसम्म खुद ब्याज आम्दानी एक अर्ब ९५ करोड रुपैयाँ रहेको छ। अघिल्लो बर्षको चैत मसान्तसम्म यस्तो आम्दानी एक अर्ब २२ करोड रुपैयाँ थियो। बैंकले ऋण लगानी ५९ अर्ब ५९ करोड रुपैयाँ गरेको छ। 
बैकमा सर्बसाधारणको निक्षेप ७१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात ४.३२ प्रतिशत रहेको छ। बैकको पूँजी कोष अनुपात ११.०६ प्रतिशत रहेको छ। 
 

Tata
GBIME
Nepal Life