एफएनसीसीआर्इ पदाधिकारीको स्वागतमा उद्योग मन्त्रालयले गर्यो कार्यक्रम, सेवा पारदर्शी बनाउने

बिजमाण्डू
२०७४ बैशाख १३ गते १८:०० | Apr 26, 2017
एफएनसीसीआर्इ पदाधिकारीको स्वागतमा उद्योग मन्त्रालयले गर्यो कार्यक्रम, सेवा पारदर्शी बनाउने


काठमाडौं। उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकार मूलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् ।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आयोजित कार्यक्रमलार्इ सम्वोधन गर्दै उद्योगमन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा बनेको बताए।उद्योग प्रशासनमा रहेको जटिलताहरुलाई सरलीकृत गर्ने दिशामा उद्योग मन्त्रालयले कार्य शुरु गरिसकेको बताउँदै मन्त्री जोशीले यसको सुरुवात उद्योग विभागमा एकद्धार प्रणाली सेवाको सुरुवातबाट भैसकेको बताए।
 

औद्योगिक वातावरण बनाउन मन्त्रालय अहिले नीतिगत सुधारमा लागेको भन्दै मन्त्री जोशीले उद्योग प्रशासनको सेवालाई छिटो छरितो र पारदर्शी बनाउन औद्योगिकरण, सहजिकरण समिति गठन गर्ने बताए।उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग प्रशासन अहिले निजी क्षेत्र मैत्री रहेको भन्दै राष्ट्रको सम्वृद्धि बढाउने कुरामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

महासंघकी अध्यक्ष भवानी राणाले सरकारका तर्फबाट पहिलो पटक निजी क्षेत्रको सम्मानमा कार्यक्रमको आयोजना भएको भन्दै यसले निजी क्षेत्रमा थप उर्जा मिलेको बतार्इन्। उद्योग मन्त्रालयको पछिल्लो काम कारवाहीले मूलकमा औद्यौगिक वातावरण बन्दै गएको बताउँदै अध्यक्ष राणाले विकास र सम्वृद्धिको मुद्धामा सरकार सँग सँगसँगै हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बतार्इन्।