काठकाडौं। नेपाल बंगलादेश बैंकले चैत मसान्तसम्म ८२ करोड ७६ लाख रुपैयाँ नाफा गरको छ। बैकको अघिल्लो बर्ष यतिबेला नाफा ७० करोड रुपैयाँ थियो।
बैंकले खुद ब्याज आम्दानी एक अर्ब ८ करोड रुपैयाँ गरेको छ भने ऋण लगानी ३७ अर्ब २४ करोड रुपैयाँ गरेको छ। बैंकले कुल निक्षेप ३८ अर्ब ५३ करोड रुपैयाँ गरेको छ। बैकको चुक्ता पूँजी गत बर्षको ३ अर्ब रुपैयाँबाट ५ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ।
बैकको खराब कर्जा १.०१ प्रतिशत रहेको छ। अघिल्लो यस्तो कर्जा १.६३ प्रतिशत रहेको थियो। बैकको पूँजी कोष अनपात १३.१४ प्रतिशत छ। बैंकको प्रति शेयर आम्दानी २८ रुपैयाँ छ।