नेपाल टेलिकमको लाहान- दुहवी फाइबर कसले काट्यो? फाइबर विच्छेदले पूर्वाञ्चलमा टेलिफोन सेवा ठप्प

बिजमाण्डू
२०७४ बैशाख १३ गते १०:४० | Apr 26, 2017
काठमाडौं।नेपाल टेलिकमको लाहानदेखि दुहवीसम्मको फाइबर विच्छेद भएपछि पूर्वाञ्चलमा टेलिफोन सेवा अवरुद्ध भएको छ।टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार मंगलबार रातीदेखि फाइबर विच्छेद भएकाले पूर्वाञ्चल क्षेत्रमा टेलिफोन अवरुद्ध भएको हो।
 
‘फाइबर विच्छेद कति बेला भयो भन्ने अहिलेसम्म यकिन भएको छैन। लाहानदेखि दुहवीसम्मको फाइबर विच्छेद भएकोले पूर्वाञ्चलमा मोबाइल र ल्याण्डलाइन फोन अवरुद्ध छ’ उनले बिजमाण्डूसँग भनिन्,हाम्रो प्राविधिक टोली गएर मर्मत गर्दैछ।उनले प्राविधिकले दिएको जानकारी अनुसार टेलिकमको फाइबरनै काटेको पाइएको बतार्इन्।
 
‘अरु प्राविधिक कारणले नभर्इ फाइबरनै काटेको  देखिएको प्राविधिकहरुले बताएका छन्।हामीले फाइबर काटेको/नकाटेको पनि अनुसन्धान गर्छौ’ बैद्यले भनिन्। 
 

Tata
GBIME
Nepal Life