होटलमा लगानी थप्न राष्ट्र बैंकको नीतिले रोकेको व्यवसायीको आरोप, मनी चेञ्जरको अधिकार माग

बिजमाण्डू
२०७४ बैशाख १२ गते १९:१९ | Apr 25, 2017
काठमाडौं । होटल व्यवसायमा नयाँ लगानी भित्र्याउन राष्ट्र बैङ्कका नीति निर्देशन बाधक रहेको व्यवसायीले गुनासो गरेका छन्। दुईवर्ष अघिको विनाशकारी भूकम्पले क्षति भएका होटल बीमा बापतको पैसा नपाइरहेको वेला बैङ्कले ब्याजदर बढाएर थप समस्यामा परेको उनीहरुले बताएका हुन्। 
 
अर्कोतिर भारतीय नाकावन्दीले थलिएको पर्यटन क्षेत्र अझै पनि पहिलेको स्थितिमा नफर्किएको होटल संघ नेपाल (हान) को भनाइ छ। दशकभन्दा अघि देखि होटलले बिदेशी मुद्रा विनिमयको काम गरिरहेकोमा अहिले राष्ट्र बैंकले रोकि दिँदा थप समस्या परेको हानको दावी छ। 
 
 ‘होटल क्षेत्रले विदेशी मुद्रा भित्र्याउनका ठूलो पहल गरेको छ, हान महासचिव विनायक शाहले मंगलबार राष्ट्र बैंकसँगको छलफलमा भने- बिदेशी मुद्रा बिनिमयको अधिकारबाट होटललाई बञ्चित गरिँदा पाहुनालाई सेवा दिन नै समस्या परेको छ।’ राष्ट्र बैङ्कले ‘हस्पिटालिटी फ्रेण्डली’ नीति नियम ल्याइदिनु पर्ने हानको संस्थागत माग रहेको शाहले बताए। 
 
वाणिज्य बैङ्कहरुले व्याजदर बढाएर नयाँ आउन लागेका होटेलहरुलाई समस्यामा पारेको होटल व्यवसायी शक्ति गोल्यानले  बताए। उनले चर्को ब्याजदरले लगानी गर्न समस्या भएको भन्दै पुनर्कर्जाको विषयमा गम्भिर भएर सोचिदिन राष्ट्र बैङ्कलाई आग्रह गरे।
 
सोल्टी होटलका फाइनान्स डाइरेक्टर शुदर्शन चापागाँईले क्रेडिट कार्ड कमिसनमा देखिएको समस्यालाई हल गर्न केन्द्रीय बैङ्कलाई सुझाव दिए। 
राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणीले विदेशी विनिमयको कारोबार गर्न मनी चेञ्जरको छुट्टै लाइसेन्स लिन होटल सञ्चालकलाई सुझाव दिए।
 

Tata
GBIME
Nepal Life